Trending
Prev Story
Next Story

विवाहको निम्तोसँगै सुनको औँठी उपहार दिने काव्या कति धनी छिन् ?

Nagarik News •
November 21, 2026 • 09:31 AM
2
2 reads 0 reactions

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ।

विवाहको निम्तोसँगै सुनको औँठी उपहार दिने काव्या कति धनी छिन् ?

चर्चित भारतीय व्यवसायी काव्या मारनले आफ्नो विवाहको खुसी कम्पनीका कर्मचारीसँग पनि साटेकी छन्।

संगीतकार अनिरुद्ध रविचन्द्रसँग विवाह गरेपछि उनले सन ग्रुपका कर्मचारीलाई विवाहको निमन्त्रणासँगै सुनको औँठी उपहार दिएकी हुन्। उनको यो उपहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसबिच काव्या आफैँ कति धनी छिन् भन्ने विषयले पनि धेरैको ध्यान तानेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ। उपहार खोलेपछि कर्मचारीहरू आश्चर्यचकित भएका छन्। एक कर्मचारीले आफूहरूले सुनको सिक्का पाउने अपेक्षा गरे पनि बाकसभित्र सुनको औँठी भेटिएको बताए।

कर्मचारीलाई दिइएको निमन्त्रणा कार्डमा नोभेम्बर २५ मा विशेष दिवाभोज आयोजना हुने उल्लेख छ। दिउँसो १ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा सन ग्रुपका कर्मचारीलाई निमन्त्रणा गरिएको छ। यद्यपि, कति कर्मचारीले सुनको औँठी पाए र त्यसको तौल तथा मूल्य कति हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

काव्या मारनको व्यक्तिगत सम्पत्ति भारतीय सञ्चारमाध्यमका अनुसार पाँच अर्ब भारतीय रुपैयाँ रहेको अनुमान छ। यद्यपि, उनको वास्तविक व्यक्तिगत सम्पत्तिबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।

काव्या सन ग्रुपका अध्यक्ष तथा अर्बपति व्यवसायी कलानिधि मारनकी छोरी हुन्। उनी सन टिभी नेटवर्ककी कार्यकारी निर्देशक र इन्डियन प्रिमियर लिग (आइपिएल) टिम सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। उनी सनराइजर्स हैदराबादको सहमालिकसमेत हुन्।

फोर्ब्सको सन् २०२६ को विवरणअनुसार उनका बुबा कलानिधि मारनको सम्पत्ति करिब दुई अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान छ। कलानिधिले सन् १९९३ मा सन टिभी नेटवर्क स्थापना गरेका थिए। उनको नेतृत्वमा यो कम्पनी भारतका ठुला क्षेत्रीय सञ्चारमाध्यममध्ये एक बनेको छ।

काव्या र अनिरुद्धको विवाह नोभेम्बर ११ मा ग्रीसमा भएको थियो। उनीहरूले परम्परागत हिन्दु विवाह विधिभन्दा फरक ‘सेल्फ रिस्पेक्ट म्यारिज’ अर्थात् आत्मसम्मानमा आधारित विवाह पद्धति अपनाएका थिए। यस पद्धतिमा पुरोहित वा परम्परागत धार्मिक विधि अनिवार्य हुँदैन। विवाहमा उनीहरूले एक अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्दै माला र औँठी साटेका थिए।

विवाह समारोहमा दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित कलाकार र राजनीतिक व्यक्तित्व सहभागी भएका थिए। सुपरस्टार रजनीकान्त तथा तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि विवाह समारोहमा सहभागी भएका थिए।

विवाहपछि नोभेम्बर २१ मा चेन्नईमा काव्या र अनिरुद्धको भव्य रिसेप्सन आयोजना हुँदैछ। उक्त समारोहमा फिल्म, क्रिकेट, व्यवसाय र राजनीति क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने अपेक्षा गरिएको छ। नवविवाहित जोडीलाई बधाई दिन बलिउड अभिनेता शाहरुख खान पनि सहभागी हुने चर्चा छ।

प्रकाशित: ५ मंसिर २०८३ १५:१६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
सुनको मूल्यले १२ हजार २ सयले सस्तीयो, तोलाको कति पुग्यो ?

सुनको मूल्यले १२ हजार २ सयले सस्तीयो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरुमा पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो...

#सुन #कति
Compare →
Bizshala
2d ago
सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य...

#सुन #कति
Compare →
Hamro Patro News
2h ago
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका लागि ३९ बुँदे माग अघि सारेक...

#विवाह
Compare →
Ekantipur
1d ago
४ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४५,४००, चाँदी रु ३,११०

४ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४५,४००, चाँदी रु ३,११०

सुनको भाउ तोलामा रु २४५,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।

#सुन
Compare →
Onlinekhabar
1d ago
सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ …

#सुन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612