Trending
Prev Story
Next Story

तीन महिनामा पनि भोटेकोशी बाढीका मृतकका परिवारले किन पाएनन् शव ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
November 21, 2026 • 10:02 AM
2
2 reads 0 reactions

एउटै परिवारका धेरै सदस्य बेपत्ता हुनु र शवका अंग फरक–फरक स्थानमा भेटिनुले पहिचान प्रक्रिया थप जटिल बनेको छ । डीएनए मिलिसक्दा पनि शव हस्तान्तरण हुन नसक्नुको कारण के हो ? पहिचान प्रक्रिया कहाँ पुगेको छ ? ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

तीन महिनामा पनि भोटेकोशी बाढीका मृतकका परिवारले किन पाएनन् शव ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

एउटै परिवारका धेरै सदस्य बेपत्ता हुनु र शवका अंग फरक–फरक स्थानमा भेटिनुले पहिचान प्रक्रिया थप जटिल बनेको छ । डीएनए मिलिसक्दा पनि शव हस्तान्तरण हुन नसक्नुको कारण के हो ? पहिचान प्रक्रिया कहाँ पुगेको छ ? ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

काठमाडौँ — भोटेकोशी बाढी आएको तीन महिना पुग्दा पनि मृतकका परिवारले आफन्तको शव पाउन सकेका छैनन् । नदी किनारमा फेला परेका शवको डीएनए परीक्षण अधिकांश पूरा भए पनि आफन्तसँगको नमुना मिलानले मात्रै मृतकको व्यक्तिगत पहिचान खुल्न सकेको छैन । एउटै परिवारका धेरै सदस्य बेपत्ता हुनु र शवका अंग फरक–फरक स्थानमा भेटिनुले पहिचान प्रक्रिया थप जटिल बनेको छ । आखिर डीएनए मिलिसक्दा पनि शव हस्तान्तरण हुन नसक्नुको कारण के हो ? पहिचान प्रक्रिया कहाँ पुगेको छ ? पाँच प्रश्नमा बुझाउने प्रयास गरेका छौं ।

१. भोटेकोशी बाढीमा फेला परेका शवको डीएनए परीक्षण कहाँ पुग्यो ?

गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जिल्लाका नदी किनारमा फेला परेका शवबाट १ हजार ४ सय ४५ वटा नमुना संकलन गरिएको थियो । त्यस्तै, बेपत्ता व्यक्तिका परिवारका २ हजार १ सय ११ सदस्यको रगत नमुना संकलन गरिएको थियो । सरकारी अधिकारीहरूका अनुसार अधिकांश शवको डीएनए प्रोफाइलिङ पूरा भइसकेको छ । तीमध्ये १९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान भएको छ ।

२. डीएनए मिलान भइसके पनि शव परिवारलाई किन हस्तान्तरण गरिएन ?

डीएनए मिल्दैमा शव परिवारको कुन सदस्यको हो भन्ने यकिन हुँदैन । एउटै परिवारका धेरै सदस्य बेपत्ता भएको अवस्थामा डीएनए मिलानले शव सोही परिवारको सदस्यको भएको देखाए पनि कुन व्यक्तिको हो भन्ने छुट्याउन कठिन हुन्छ । त्यसैले डीएनए परीक्षणसँगै शरीरमा भएका ट्याटु, जन्मजात चिह्न र अन्य शारीरिक विशेषतासमेत तुलना गरेर व्यक्तिगत पहिचान पुष्टि गर्नुपर्ने हुन्छ ।

३. शव पहिचान प्रक्रियालाई किन जटिल मानिएको छ ?

एउटै व्यक्तिको शरीरका विभिन्न भाग फरक–फरक स्थानमा भेटिएका कारण एकै व्यक्तिका एकभन्दा बढी नमुना संकलन भएको हुन सक्छ । ती नमुना फरक प्रयोगशालामा परीक्षण भएका छन् । त्यस्तै, आफन्तका सन्दर्भ नमुनासमेत विभिन्न स्थानमा संकलन गरी फरक प्रयोगशालामा परीक्षण गरिएको छ । एउटै नमुनाको दोहोरो गणना हुन नदिई वैज्ञानिक आधारमा पहिचान पुष्टि गर्नुपर्ने भएकाले प्रक्रिया जटिल बनेको हो ।

विपद् पीडित पहिचान टोलीले यसका लागि डीएनए परीक्षणको नतिजासँगै मृतकको शारीरिक अवस्थासम्बन्धी विवरणसमेत तुलना गरिरहेको छ ।

४. डीएनए परीक्षण कति पूरा भयो र कसले सहयोग गर्‍यो ?

खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त ८५७ नमुनामध्ये ८२७ वटाको डीएनए प्रोफाइलिङ पूरा भएको छ । बाँकी ३० वटाको परीक्षण भइरहेको छ । अन्य नमुनाको परीक्षण नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले गरेको थियो ।

भारत, चीन र दक्षिण कोरियाले विज्ञ टोली, उपकरण तथा परीक्षणमा आवश्यक रसायन र सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए । प्रहरी प्रवक्ता अबि नारायण काफ्लेका अनुसार उनीहरूको सहयोग नभएको भए सबै परीक्षण पूरा गर्न दुई वर्ष लाग्न सक्थ्यो ।

५. शव नपाएका परिवारले के गरिरहेका छन् ?

शव हस्तान्तरणमा भएको ढिलाइले आफन्त गुमाएका परिवारको पीडा लम्बिएको छ । कतिपय परिवारले शव पाउने आशा छाडेर धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन् । नुवाकोटका नीराजन पौडेलले पनि बाढीमा बुबाआमा, काकाकाकी र काकाका एक सन्तान गुमाएपछि शव भेटिने सम्भावना नदेखेर कुशको प्रतिमा बनाई अन्तिम संस्कार गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर सुरक्षित राख्न १ हजार १ सय ४८ शव गाडिएका छन् । पहिचान पुष्टि भएपछि ती शव निकालेर परिवारलाई हस्तान्तरण गरिनेछ ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरम...

#प्रश्नोत्तर #बुझ्नुहोस्
Compare →
Onlinekhabar
2d ago
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु …

#पहिचान #मृतक
Compare →
Nagarik News
2d ago
कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई    दुई लाख राहत

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612