काठमाडौं । सुदूरपश्चिम रोएल्सका ओपनर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा लुम्बिनी लायन्स विरुद्ध अर्धशतक पूरा गरेका छन् ।
टीयू मैदानमा भइरहेको फाइनलमा उनले २८ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले मन्सेको अर्धशतमा लय लिएको छ ।
मन्सेले विनोद भण्डारीसँग ओपनिङ गर्दै सुदूरलाई आक्रमक सुरुवात दिलाएका छन् । अहिलेसम्म यो सुदूरपश्चिमले कुनै विकेट गुमाएको छैन ।
यसअघि लगातार दुई पटक फाइनल पुगेर पनि पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल खेल्दैछ र पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।