Trending
Prev Story
Next Story

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

Ekantipur •
November 21, 2026 • 12:03 PM
3
3 reads 0 reactions

मनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्‍याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

मनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्‍याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्

काठमाडौँ — यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो राखेको बताए ।

उनले यमन र आसपासका क्षेत्रमा जारी सैन्य तनावप्रति राष्ट्रसंघ गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गर्दै लालसागर क्षेत्रमा रहेका यमनका बन्दरगाहहरूको सञ्चालन निरन्तर कायम राख्नुपर्नेमा जोड दिए ।

ती बन्दरगाह लाखौँ यमनी नागरिकका लागि जीवनरेखाका रूपमा रहेको उनको भनाइ थियो। हकले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गतका दायित्व पालना गर्न आग्रह गरे ।

सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्न नपाइने व्यवस्था पालना गर्न र सर्वसाधारण तथा नागरिक सम्पत्तिलाई क्षति हुनबाट जोगाउन निरन्तर सावधानी अपनाउन उनले आग्रह गरे ।

यमनको द्वन्द्वको समाधान सैन्य माध्यमबाट सम्भव नरहेको उल्लेख गर्दै उनले सबै पक्षलाई राजनीतिक वार्तामा फर्कने बाटो खोज्न आह्वान गरे ।

यसैबीच, यमनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्‍याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसंघ

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसंघ

जेनेभा । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् । बिहीबार ...

#राष्ट्रसंघ #चिन्ता
Compare →
Onlinekhabar
2d ago
जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

२ मङ्सिर, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ …

#मानवीय #संयुक्त
Compare →

Related Stories

World News
Build #2612