जेनेभा । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् ।
बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्यांक र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए । विश्वका पाँच प्रविधि कम्पनीले ७० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमताको स्वामित्व राख्नु लोकतान्त्रिक सहभागिताको दृष्टिले गम्भीर विषय भएको उनको भनाइ थियो ।
Read full story at source ( baahrakhari.com )