Trending
Prev Story
Next Story

एआई नियमनमा ट्रम्पको असहमति

Nagarik News •
November 19, 2026 • 07:15 AM
2
2 reads 0 reactions

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

एआई नियमनमा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए।

एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो।

साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन्।

यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ। ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ।

यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो।

सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन्।

उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। एएफपी

प्रकाशित: ३ मंसिर २०८३ १३:०० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
23h ago
फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको ट्र्म्पले बताए

#अमेरिका #ट्रम्प
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#अमेरिका #ट्रम्प
Compare →
Bizshala
1h ago
४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने

४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने

काठमाण्डौ । डिजिटल सोलुसन प्रा.लि.ले ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने घोषणा...

#एआई
Compare →
Hamro Patro News
2h ago
सेन्जेनमा ट्रम्प र सी चिनफिङबीच द्विपक्षीय वार्ता

सेन्जेनमा ट्रम्प र सी चिनफिङबीच द्विपक्षीय वार्ता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा द्विपक्षीय वार्ता भएको छ । ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको भ...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612