Trending
Prev Story
Next Story

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

Onlinekhabar •
November 18, 2026 • 02:31 PM
3
3 reads 0 reactions

२ मङ्सिर, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले …

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

२ मङ्सिर, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ ।

कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई प्रणालीमार्फत भए पनि त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित व्यवसायले नै लिनुपर्नेछ ।

क्यालिननले एआई प्रयोगका कारण व्यवसायको जवाफदेहिता र जिम्मेवारी कम नहुने उल्लेख गर्दै उपभोक्तालाई उपलब्ध गराइने सूचना सही र विश्वसनीय हुनुपर्ने, व्यावसायिक निर्णय कानुनअनुरूप हुनुपर्ने तथा उपभोक्ताप्रति निष्पक्ष व्यवहार सुनिश्चित गर्नुपर्ने बताए।

पछिल्लो समय व्यवसायहरूले व्यावसायिक निर्णय प्रक्रिया, उपभोक्तासँगको अन्तरक्रिया, कारोबार सञ्चालन तथा बजार प्रतिस्पर्धामा एआईको प्रयोग बढाउँदै लगेका छन् ।

नयाँ निर्देशिकाले सन् १९८६ को फेयर ट्रेडिङ एक्ट र कमर्स एक्ट एआई प्रयोग गर्ने व्यवसायमा कसरी लागू हुन्छन् भन्नेबारे स्पष्ट पारेको छ । यसमा सम्भावित कानुनी जोखिम तथा तिनको व्यवस्थापनका व्यावहारिक उपायसमेत समावेश गरिएको छ ।

आयोगले एआई प्रविधिलाई मात्र नियमन गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै यसले उपभोक्ता, प्रतिस्पर्धा र बजारमा पार्ने प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ ।

साथै, व्यवसायका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापन अधिकारीहरूलाई एआईको प्रयोगलाई संस्थागत सुशासनको महत्त्वपूर्ण विषयका रूपमा लिन र यसको प्रयोग तथा प्रभावबारे निरन्तर अनुगमन गर्न आयोगले आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

विद्यार्थीहरूले एआईको सहयोगमा पाइथनदेखि मल्टिमिडिया सामग्रीसम्म सिक्दै समस्या समाधान, सिर्जनशीलता र व्यक्तिगत अध्ययन क्षमता विकास गरिरहेका छन्।

#एआई #प्रयोग
Compare →
Nagarik News
3d ago
च्याटजिपिटी सिकाएर महिनामा २२ लाख बढी कमाउने २० वर्षीय युवा

च्याटजिपिटी सिकाएर महिनामा २२ लाख बढी कमाउने २० वर्षीय युवा

उनी पढ्दै गर्दा गोदाममा काम गर्थे। पछि आफ्नो प्राविधिक सीप अरूको समस्या समाधान गर्न प्रयोग गर्न सकिने महसुस भएपछि उनले एआईसम्बन्धी काम सुरु गरेको बताए।

#एआई #प्रयोग
Compare →
Hamro Patro News
1d ago
एआई युगको शक्ति संघर्ष : ‘जासुसी’को बहानामा एनभिडियामा ‘कु’

एआई युगको शक्ति संघर्ष : ‘जासुसी’को बहानामा एनभिडियामा ‘कु’

एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन हुआङ र चिनियाँ जासुस भनिएकी महिलाका बलिउड गीतका एआई क्लिपहरू निकै भाइरल भइरहेका छन्। हेर्दा रमाइलो पनि लाग्छ। तर, त्यो क्षणिक रमाइलोलाई माथ खुवाउने गरी पर्दापछा...

#एआई
Compare →
Bizshala
2d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#एआई
Compare →

Related Stories

World News
Build #2612