Trending
Prev Story
Next Story

गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

Ekantipur •
November 16, 2026 • 08:02 AM
4
4 reads 0 reactions

विद्यार्थीहरूले एआईको सहयोगमा पाइथनदेखि मल्टिमिडिया सामग्रीसम्म सिक्दै समस्या समाधान, सिर्जनशीलता र व्यक्तिगत अध्ययन क्षमता विकास गरिरहेका छन्।

गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

विद्यार्थीहरूले एआईको सहयोगमा पाइथनदेखि मल्टिमिडिया सामग्रीसम्म सिक्दै समस्या समाधान, सिर्जनशीलता र व्यक्तिगत अध्ययन क्षमता विकास गरिरहेका छन्।

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–७, बेझाडस्थित रामतुल्सी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दिपसन न्यौपाने पछिल्लो समय एआईको प्रयोग गर्छन् ।

उनले एआईलाई प्रश्नको उत्तर खोज्ने माध्यमका रूपमा नभई सिकाइ सहायकका रूपमा प्रयोग गर्दै आएका छन् । ‘मैले आफ्नो अध्ययनलाई थप प्रभावकारी बनाउन सकेको छु,’ उनले भने, ‘पाठ्यक्रममा आधारित ज्ञानसँगै विभिन्न व्यावहारिक तथा सिर्जनात्मक सीप सिक्न सक्ने भएको छु ।’ रामतुल्सी माविमा कक्षा ९ देखि १२ सम्म सूचना तथा प्रविधि विषयको कक्षा सञ्चालनमा छ ।

तानसेन–४, सिल्खानटोलस्थित मोहनकन्या माविमा कक्षा ११ मा अध्ययनरत सिमिता श्रेष्ठले पनि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अध्ययन गर्छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट पाठ्यक्रममा आधारित ज्ञानसँगै विभिन्न व्यावहारिक तथा सिर्जनात्मक सीप सिक्दै आएकी छन् । एआईको प्रयोगबाट पावरपोइन्ट प्रस्तुतीकरण, भिडियो निर्माणका साथै प्रोग्रामिङ तथा कोडिङ सिकिरहेको उनले बताइन् । ‘कतिपय त्रुटि पत्ता लगाउने, सुधार गर्ने तथा साना–साना परियोजना निर्माण गर्ने अभ्यास गर्दै आएकी छु,’ उनले भनिन्, ‘विद्यार्थीलाई केवल कोड कण्ठ गर्नेभन्दा समस्या समाधान गर्ने तरिका सिक्ने अवसर हो जस्तो लाग्छ ।’

न्यौपाने र श्रेष्ठ मात्र होइन, पछिल्लो समय कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले एआईको सहयोगमा पाइथन, एचटीएमएल, सीएसएस, जाभास्क्रिप्टलगायत प्रोग्रामिङ भाषामा लेखिएका कोडको अर्थ बुझ्ने गरेको रामतुल्सी मावि रामपुरका सूचना प्रविधि शिक्षक चन्द्रप्रकाश भट्टराईले बताए । उनका अनुसार एआईको सहयोगमा गणित, विज्ञान, कम्प्युटर तथा अन्य विषयका जटिल विषयवस्तु सरल भाषामा बुझ्न, उदाहरण माग्न र अभ्यासका प्रश्न तयार गर्न सकिन्छ । आफूले नबुझेका विषयलाई फरक–फरक तरिकाले व्याख्या गर्न लगाएर विद्यार्थीले व्यक्तिगत सिकाइ गर्न सक्ने उनले बताए ।

आईसीटी अध्ययन गर्ने विद्यार्थीले एआईको प्रयोगबाट प्रस्तुतीकरण, रिपोर्ट लेखन, परियोजना निर्माण र अनुसन्धानका आधारभूत सीप पनि विकास गर्न सक्ने उनले बताए । कुनै विषयमा परियोजना तयार गर्दा विषय छनोट, प्रश्न निर्माण, तथ्य वर्गीकरण, सामग्रीको संरचना र प्रस्तुतीकरणको शैलीबारे एआईबाट सुझाव लिन सकिने मोहनकन्या माविका आईसीटी शिक्षक तिलक भण्डारीले बताए । एआईबाट डिजिटल सामग्री निर्माण गर्न पनि सिक्न सकिन्छ । चित्र, इन्फोग्राफिक्स, भिडियोको स्क्रिप्ट, आवाज तथा अन्य मल्टिमिडिया सामग्री तयार गर्ने अभ्यास विद्यार्थीले गर्न सक्ने उनले बताए । यसले विद्यालय तहदेखि नै डिजिटल सिर्जनशीलता र सञ्चार सीप विकास गर्न सहयोग पुर्‍याउन सक्ने मोहनकन्या माविका प्रधानाध्यापक दीपक ज्ञवालीले बताए ।

एआईको प्रयोगबाट अंग्रेजी तथा अन्य भाषाको लेखन र सञ्चार सीप सुधार गर्न सकिन्छ । विद्यार्थीले आफूले लेखेको सामग्रीको व्याकरण, वाक्य संरचना र शब्द छनोट जाँच्न तथा नयाँ शब्दको प्रयोग सिक्ने गरेको रामतुल्सी मावि रामपुरका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।

एआईमार्फत विद्यार्थीले साइबर सुरक्षा र डिजिटल सुरक्षाका आधारभूत विषय पनि बुझ्न सक्ने उनले बताए । ‘शिक्षा विभाग वा शिक्षा मन्त्रालयले अहिलेसम्म एआई प्रयोगको कुनै गाइडलाइन पठाएको छैन,’ उनले भने, ‘जसले गर्दा विद्यार्थी र शिक्षक आफैंले प्रयास गर्ने गरेका छौं ।’

पछिल्लो समय विद्यार्थीले बलियो पासवर्ड निर्माण, दुई तहको प्रमाणीकरण, फिसिङ, अनलाइन ठगी, व्यक्तिगत सूचना सुरक्षा तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा समेत चासो दिने गरेको उनले बताए । तर एआईबाट प्राप्त सामग्रीलाई जस्ताको तस्तै कपी गरेर गृहकार्य वा परियोजनामा प्रयोग गर्नुको सट्टा तथ्य जाँच गर्ने, स्रोत खोज्ने र आफ्नै भाषामा प्रस्तुत गर्ने सीप विकास गर्नुपर्ने उनको सुझाव छ । एआईले अपूर्ण जानकारी दिन सक्ने भएकाले विद्यार्थीले यसको उत्तरलाई अन्तिम सत्यका रूपमा लिन नहुने प्रअ लम्सालले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
च्याटजिपिटी सिकाएर महिनामा २२ लाख बढी कमाउने २० वर्षीय युवा

च्याटजिपिटी सिकाएर महिनामा २२ लाख बढी कमाउने २० वर्षीय युवा

उनी पढ्दै गर्दा गोदाममा काम गर्थे। पछि आफ्नो प्राविधिक सीप अरूको समस्या समाधान गर्न प्रयोग गर्न सकिने महसुस भएपछि उनले एआईसम्बन्धी काम सुरु गरेको बताए।

#एआई #प्रयोग
Compare →
Hamro Patro News
9h ago
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रि...

#प्रयोग
Compare →
Onlinekhabar
2d ago
नेपालमा एआई र उद्योग ४.०

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …

#एआई
Compare →
Bizshala
4d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →

Related Stories

Education & Youth
Build #2612