नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालय कुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश हुने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )