Trending
Prev Story
Next Story

जापानमा किन भाइरल हुँदैछ विमल नेपालीको भाषण ?

Nagarik News •
November 16, 2026 • 03:42 AM
4
4 reads 0 reactions

कतिपय जापानी प्रयोगकर्ताले विदेशीहरू जापानमा काम गर्न र आफ्नो भविष्य बनाउन आउने भएकाले जापानको रक्षा गर्न वा जापानी नागरिकलाई सहयोग गर्न आएको भन्नु अनुचित भएको टिप्पणी गरेका छन्।

जापानमा किन भाइरल हुँदैछ विमल नेपालीको भाषण ?

नेपाली युवक विमल नेपालीले जापानमा दिएको एउटा भाषण अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

जापानमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विदेशमन्त्री पुरस्कार (फरेन मिनिस्टर अवार्ड) जितेका विमलको भाषणको एउटा अंश भाइरल भएपछि उनी विवादमा समेत तानिएका हुन्।

गत अक्टोबर ३ मा ओकायामा प्रिफेक्चरको इबारा सहरमा आयोजित ६५औँ विदेशी नागरिकका लागि जापानी वक्तृत्वकला प्रतियोगितामा विमलले ‘१० पानाको आत्मसमीक्षाले मलाई सिकाएको कुरा’ शीर्षकमा भाषण दिएका थिए।

उनको भाषणको एउटा अंशमा जापानी नागरिकलाई लक्षित गर्दै भनिएको थियो, ‘तपाईंहरू आफैँ आफ्नो देशको रक्षा गर्न सक्नुहुन्न, त्यसैले हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका हौँ।’

यही अभिव्यक्ति अहिले जापानी सामाजिक सञ्जालमा चर्चामा छ। कतिपय जापानी प्रयोगकर्ताले विदेशीहरू जापानमा काम गर्न र आफ्नो भविष्य बनाउन आउने भएकाले जापानको रक्षा गर्न वा जापानी नागरिकलाई सहयोग गर्न आएको भन्नु अनुचित भएको टिप्पणी गरेका छन्।

केहीले यस्तो अभिव्यक्ति दिने व्यक्तिले विदेशमन्त्री पुरस्कार पाएको भन्दै प्रश्नसमेत उठाएका छन्।

तर, भाइरल भइरहेको उक्त अभिव्यक्ति विमलको अन्तिम निष्कर्ष भने होइन। उनले आफ्नो भाषणमा विगतमा आफूले गरेको आक्रोशपूर्ण प्रतिक्रियाको उदाहरणका रूपमा उक्त कुरा सुनाएका थिए।

उनका अनुसार सामाजिक सञ्जालमा विदेशीहरूलाई आफ्नै देश फर्कन भनिएको भिडियो देखेपछि उनी आक्रोशित भएका थिए। त्यसको प्रतिक्रियास्वरूप उनले जापानी नागरिकलाई लक्षित गर्दै यस्तो जवाफ दिएका थिए। तर, पछि आफ्नै व्यवहारबारे आत्मसमीक्षा गर्दा आफूले त्यसरी प्रतिक्रिया दिनु उचित नभएको महसुस गरेको उनले भाषणमा उल्लेख गरेका छन्।

विमलको भाषणको मुख्य सन्देश भने आक्रोशको जवाफ आक्रोशले दिनुभन्दा आफ्नो व्यवहार सुधार्नु महत्त्वपूर्ण हुन्छ भन्ने रहेको थियो। उनले १० वटा आत्मसमीक्षा लेख्नुपरेको अनुभव सुनाउँदै अरूको व्यवहारप्रति प्रतिकार गर्नुभन्दा आफ्नै गल्ती स्वीकार गरेर आफूलाई सुधार्नु बढी साहसको काम भएको भनेका थिए।

यसैबिच, केही जापानी सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल भिडियोले भाषणको पूरा सन्दर्भ नसमेटेको भन्दै आलोचना गर्नुअघि उनको पूर्ण भाषण सुन्न आग्रह समेत गरेका छन्। उनीहरूका अनुसार विवादमा आएको अभिव्यक्ति विमलको अहिलेको धारणा नभई विगतमा आफूले गरेको आक्रोशपूर्ण प्रतिक्रियाको उदाहरण मात्र थियो।

प्रकाशित: ३० कार्तिक २०८३ ०९:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
जापानमा नेपाली विद्यार्थीको ऐतिहासिक छलाङ, पहिलोपटक संख्या १ लाख नाघ्यो; नेपाल दोस्रो स्थानमा!

जापानमा नेपाली विद्यार्थीको ऐतिहासिक छलाङ, पहिलोपटक संख्या १ लाख नाघ्यो; नेपाल दोस्रो स्थानमा!

काठमाडौं । उच्च शिक्षा र रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा नेपाली विद्यार्थीको संख्या पहिलोपटक एक लाख नाघेको छ। जापानमा अध्ययनरत विदेशी विद्यार्थीको सूचीमा नेपाल दोस्रो स्थानमा उक्लिँदै नयाँ ऐ...

#जापान
Compare →
Onlinekhabar
2d ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#जापान
Compare →
Ekantipur
4d ago
टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।

#भाइरल
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#जापान
Compare →

Related Stories

National (Nepal)
Build #2612