Trending
Prev Story
Next Story

महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

Nagarik News •
November 15, 2026 • 06:20 AM
4
4 reads 0 reactions

केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।

महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

भारतको गुजरातस्थित बडोदरामा आवासीय क्षेत्रमा पसेर एक महिलालाई टोक्ने बाँदरलाई नियन्त्रणमा लिइएको छ।

वन विभागको टोलीले शनिबार उक्त बाँदरलाई नियन्त्रणमा लिएर खोरमा राखेको हो।

केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।

महिलाले सहयोगका लागि चिच्याएपछि नजिकै रहेका मानिसले उनको उद्धार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भारतीय सञ्चारमाध्यम ले बताएका छन्।

घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय बासिन्दामा थप चिन्ता बढेको थियो। त्यसपछि घटनाबारे वन विभागलाई जानकारी गराइएको थियो।

इन्फिनियम कम्प्लेक्सका बासिन्दाले केही समयदेखि बाँदरहरू बारम्बार आवासीय परिसरमा पस्ने समस्या रहेको बताएका छन्। पछिल्लो घटनापछि विशेष गरी महिला र बालबालिकाको सुरक्षाबारे चिन्ता बढेको उनीहरू बताउँछन्।

केही परिवार आफ्ना बालबालिकालाई बाहिर पठाउन पनि डराउन थालेको स्थानीयको भनाइ छ।

बासिन्दाले उक्त बाँदरलाई नियन्त्रणमा लिएर आवासीय क्षेत्रबाट हटाउन वन विभाग र सम्बन्धित निकायसँग माग गरेका थिए।

स्थानीयले बडोदराका विभिन्न आवासीय क्षेत्रमा यस्ता समस्या दोहोरिने गरेको बताएका छन्। उनीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्ने माग समेत गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १२:०५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका...

#भाइरल #भिडियो
Compare →
Onlinekhabar
7h ago
बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

२९ कात्तिक, भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम …

#बाँदर
Compare →
Ekantipur
4d ago
टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।

#भाइरल
Compare →

Related Stories

World News
Build #2612