गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन्।
छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्।
छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति र अमनचयन प्रवर्द्धन गर्न प्रेरणा दिने विश्वास सन्देशमा प्रदेश प्रमुख भट्टले व्यक्त गरेका छन्।
प्रकाशित: २९ कार्तिक २०८३ १२:४८ आइतबार