Trending
Prev Story
Next Story

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

Nagarik News •
November 15, 2026 • 06:42 AM
4
4 reads 0 reactions

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ।

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिए।

भ्रमण दलमा रास्वपाका सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १२:२७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश …

#रास्वपा #भ्रमण #चीन
Compare →
Hamro Patro News
7h ago
रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचा...

#रास्वपा #भ्रमण #चीन
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #भ्रमण #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612