Trending
Prev Story
Next Story

छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस् : गगन थापा

Onlinekhabar •
November 15, 2026 • 02:31 AM
2
2 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै उनले यस …

छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस् : गगन थापा

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको बताएका छन् ।

थापाले ऋग्वेदमा उषा देवीको स्तुति गरिएको स्मरण गर्दै प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा समेत प्रतिबिम्बित हुने बताएका छन्।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ।

उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्दै छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने कामना गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा

छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा छठ पर्व मनाइने बताएका हुन्।

#पर्व #सूर्य #थापा
Compare →
Hamro Patro News
2h ago
छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

#पर्व #सद्भाव #एकता
Compare →
Bizshala
1h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#पर्व #सूर्य
Compare →
Ekantipur
1h ago
छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

#पर्व #थापा
Compare →
Arthasansar
1d ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →

Related Stories

World News
Build #2612