पनौती–११ स्थित रिसोर्टबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
काभ्रे — काभ्रेको पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जापानी र ४ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार बुधबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको प्रहरीले जनाएको छ ।
रिसोर्टमा बसेका विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन । उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूको गतिविधि र उद्देश्यबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार पाँचखालबाट पक्राउ परेका ३६ जना चिनियाँ नागरिकमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।