Trending
Prev Story
Next Story

फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

Ekantipur •
November 18, 2026 • 10:32 AM
2
2 reads 0 reactions

पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं — जापान फुटबल संघका मानार्थ अध्यक्ष कोजो तासिमाले फिफा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

जापान फुटबल संघले १७ नोभेम्बरमा तासिमालाई फिफा अध्यक्षको उम्मेदवार बनाउने पत्र फिफामा पठाएको जनाएको छ । फिफा अध्यक्षको निर्वाचन आगामी १८ मार्चमा मोरक्कोको रबातमा हुने ७७औँ फिफा कंग्रेसमा हुनेछ । उम्मेदवारी दर्ताको समय बुधबार राति समाप्त हुँदैछ । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो पनि चौथो कार्यकालका लागि प्रतिस्पर्धामा छन् ।

फिफा अध्यक्षको उम्मेदवार बन्न कम्तीमा ५ सदस्य राष्ट्रको समर्थन आवश्यक पर्छ । साथै, पछिल्ला ५ वर्षमध्ये कम्तीमा २ वर्ष खेलाडी वा फुटबल पदाधिकारीका रूपमा सक्रिय रहेको हुनुपर्छ । पूर्वजापानी राष्ट्रिय खेलाडी तथा युवा प्रशिक्षकसमेत रहेका तासिमा फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो जापानी हुन् । उनी सन् २०१५ देखि फिफा काउन्सिलमा सदस्यका रूपमा कार्यरत छन् ।

उम्मेदवारी दर्ताका लागि समर्थन गर्ने राष्ट्रहरूको नाम भने तासिमाले सार्वजनिक गरेका छैनन् । उनले फुटबल प्रशासनमा सुशासन र पारदर्शिता कायम गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । फिफालाई अझ स्वस्थ, विश्वसनीय र विश्व फुटबलको विकासमा योगदान पुर्‍याउने संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
फिफा अध्यक्षमा इन्फान्टिनोलाई चुनौती दिने तयारीबाट आर्सेन वेंगर पछि हटे!

फिफा अध्यक्षमा इन्फान्टिनोलाई चुनौती दिने तयारीबाट आर्सेन वेंगर पछि हटे!

काठमाडौं । फ्रान्सेली फुटबल प्रशिक्षक तथा फुटबलका चर्चित व्यक्तित्व आर्सेन वेंगरले फिफा अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्ने सम्भावना नरहेको बताइएको छ। करिब साढे दुई महिन...

#फिफा #फुटबल #अध्यक्षमा
Compare →
Onlinekhabar
1d ago
कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ …

#संघ #अध्यक्षमा
Compare →
Bizshala
3h ago
काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले...

#उम्मेदवारी
Compare →
Arthasansar
3h ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#उम्मेदवारी
Compare →
Nagarik News
4h ago
सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

#उम्मेदवारी
Compare →

Related Stories

Sports
Build #2612