Trending
Prev Story
Next Story

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै

Nagarik News •
November 21, 2026 • 01:15 AM
3
3 reads 0 reactions

विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि उचित रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न उनीहरूलाई कठिनाइ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले देखाएको छ।

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै

विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि उचित रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न उनीहरूलाई कठिनाइ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले बिहीबार सार्वजनिक गरेको सन् २०२६ को विश्व जनसङ्ख्या प्रतिवेदन ‘सक्सिडिङ जेनेरेसन्स : इम्पावरिङ योङ पिपुल टु चार्ट द फ्युचर’ मा युवाका आकाङ्क्षा र उनीहरूका लागि उपलब्ध अवसरबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख छ।

प्रतिवेदनअनुसार विश्वभरका ७८ प्रतिशत बालबालिकाले तल्लो माध्यमिक शिक्षा पूरा गर्ने गरेका छन् भने ६२ प्रतिशतले माथिल्लो माध्यमिक शिक्षा पूरा गर्छन्। त्यस्तै, ४४ प्रतिशत युवा उच्च शिक्षामा प्रवेश गर्ने गरेका छन्। यी सबै अहिलेसम्मकै उच्च दर हुन्।

शैक्षिक क्षेत्रमा प्रगति भए पनि विश्वभरका प्रत्येक पाँचमध्ये एक युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि संलग्न छैनन्। न्यून आय भएका देशमा प्रत्येक पाँचमध्ये एक युवा वयस्कले मात्र सुरक्षित तलबसहितको रोजगारी पाउने गरेको प्रतिवेदनमा उल्लेख छ।

१५ देखि २४ वर्ष उमेर समूहका युवतीहरू युवा पुरुषको तुलनामा रोजगारी, शिक्षा वा तालिमबाट बाहिर रहने सम्भावना दोब्बरभन्दा बढी छ। त्यस्तै, अपाङ्गता भएका युवामध्ये ४९ प्रतिशत न विद्यालयमा छन् न त रोजगारीमा।

७३ देश तथा क्षेत्रका १८ देखि ३९ वर्ष उमेर समूहका एक लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता युवाको सर्वेक्षणमा आधारित विश्लेषणले युवाहरू परम्परागत जीवनका महत्त्वपूर्ण चरणमा ढिलो प्रवेश गरिरहेको देखाएको छ।

प्रतिवेदनअनुसार २५ देखि २९ वर्ष उमेर समूहका कम्तीमा आधा उत्तरदाता आफ्नो जन्मपरिवारबाट अलग भएर बस्न थालेका छन्। त्यस्तै, ३० देखि ३४ वर्ष उमेर समूहका अधिकांशले स्थिर सम्बन्धमा रहेको र ३५ देखि ३९ वर्ष उमेर समूहका अधिकांशले सन्तान जन्माइसकेको बताएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ७० प्रतिशतले विवाहलाई आफ्नो आदर्श सम्बन्धका रूपमा लिएका छन् भने ९१ प्रतिशतले कम्तीमा एक सन्तान चाहेको बताएका छन्। तर, विवाहलाई प्राथमिकता दिने ३५ देखि ३९ वर्ष उमेर समूहका ४० प्रतिशतभन्दा बढी अझै अविवाहित रहेको पाइएको छ।

त्यस्तै, उक्त उमेर समूहका करिब एक चौथाइले आफूले चाहेको भन्दा कम सन्तान भएको बताएका छन्।

आर्थिक असुरक्षा जीवनसाथी खोज्न र सन्तान जन्माउन प्रमुख बाधक बनेको छ। सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशतले जीवनसाथी खोज्न र ७२ प्रतिशतले सन्तान जन्माउन आर्थिक असुरक्षालाई मुख्य अवरोधका रूपमा उल्लेख गरेका छन्।

यूएनएफपीएका कार्यकारी निर्देशक डिएन केइटाले युवाहरू आर्थिक स्वतन्त्रता, स्थिर सम्बन्ध र सन्तान चाहना राख्ने भए पनि आर्थिक असुरक्षा, महँगो आवास, द्वन्द्व र सामाजिक बहिष्करणले उनीहरूका आकाङ्क्षा पूरा गर्न कठिन बनाएको बताए।

उनले युवाको स्वास्थ्य, शिक्षा र आर्थिक अवसरमा लगानी गर्न तथा आफ्नो शरीर र जीवनबारे निर्णय गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

प्रतिवेदनले युवाहरूको राजनीतिक निर्णय प्रक्रियामा कमजोर सहभागितालाई पनि प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। विश्व जनसङ्ख्याको १९ प्रतिशत हिस्सा ३० वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिहरूले ओगटे पनि विश्वभरका संसद्मा उनीहरूको प्रतिनिधित्व केवल २.८ प्रतिशत रहेको छ।

यसका अतिरिक्त द्वन्द्व, जलवायु परिवर्तन, प्रविधिमा तीव्र परिवर्तन र अन्तर्राष्ट्रिय विकास सहायता घट्दै जानुले युवा पुस्तामाथिको दबाब थप बढाएको प्रतिवेदनमा उल्लेख छ।

युवाको भविष्य सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा, मर्यादित रोजगारी र सामाजिक सुरक्षामा लगानी बढाउनुका साथै नीति निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रतिवेदनले आह्वान गरेको छ। सिन्ह्वा

प्रकाशित: ५ मंसिर २०८३ ०७:०० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
हिमाली विपद् नेपाल, भारत र भुटानको साझा चुनौती: बदलिँदै जीवनशैली, बढ्दै विपद्

हिमाली विपद् नेपाल, भारत र भुटानको साझा चुनौती: बदलिँदै जीवनशैली, बढ्दै विपद्

नेपाल, भारत र भुटानका हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमताल विस्फोटका घटना बढ्दै गएका बेला विज्ञ तथा धर्मगुरुले जलवायु संकटसँग जुध्न विज्ञान, बौद्ध दर्शन र स्थानीय समुदायको ज्ञानलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन्।

#जीवन #चुनौती #बढ्दै
Compare →
Onlinekhabar
1d ago
इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

३ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा …

#संयुक्त #बढ्दै
Compare →
Bizshala
5d ago
जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको कुल खुद नाफामा गिरावट आएको छ। सञ्चालनमा...

#जीवन
Compare →
Arthasansar
6d ago
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय...

#जीवन
Compare →
Hamro Patro News
6d ago
छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ- राष्ट्रपति पौडेल

छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक एकताको सन्देश दिने बताएका छन् ।

#पारिवारिक
Compare →

Related Stories

World News
Build #2612