Trending
Prev Story
Next Story

हिमाली विपद् नेपाल, भारत र भुटानको साझा चुनौती: बदलिँदै जीवनशैली, बढ्दै विपद्

Ekantipur •
November 16, 2026 • 07:32 AM
4
4 reads 0 reactions

नेपाल, भारत र भुटानका हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमताल विस्फोटका घटना बढ्दै गएका बेला विज्ञ तथा धर्मगुरुले जलवायु संकटसँग जुध्न विज्ञान, बौद्ध दर्शन र स्थानीय समुदायको ज्ञानलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन्।

हिमाली विपद् नेपाल, भारत र भुटानको साझा चुनौती: बदलिँदै जीवनशैली, बढ्दै विपद्

नेपाल, भारत र भुटानका हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमताल विस्फोटका घटना बढ्दै गएका बेला विज्ञ तथा धर्मगुरुले जलवायु संकटसँग जुध्न विज्ञान, बौद्ध दर्शन र स्थानीय समुदायको ज्ञानलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन्।

काठमाडौं — नेपालमा भोटेकोशी र बुढीगण्डकी क्षेत्रका बाढीपहिरो, भारतको हिमाञ्चल प्रदेश र लद्दाखमा देखिएका आकस्मिक बाढी र भुटानका हिमताल विस्फोटका घटनाले हिमाली क्षेत्र जलवायु परिवर्तनको गम्भीर जोखिममा रहेको विज्ञ तथा धर्मगुरुहरुले बताएका छन् ।

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ माउन्टेन मोनास्ट्री (सेतो गुम्बा) मा शुक्रबारदेखि ५ आयोजित ५ दिने ड्रुक्पा सम्मेलनमा ‘बदलिँदो हिमाली जलवायु : विज्ञान, बौद्ध दर्शन र उत्थानशीलताबीचको सम्बन्ध’ विषयक प्यानल छलफलका सहभागीहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन् ।

नेपाल भारत भुटान लगायत आधा दर्जनभन्दा बढी देशका भिक्षु, भिक्षुणी, धर्मगुरु तथा हिमाली क्षेत्रका सर्वसाधारणको सहभागिता सम्मेलनमा उनीहरुले हिमाली भेगमा तापक्रम बढेसँगै हिउँ पग्लिने, हिमनदी पछाडि सर्ने र जमिन अस्थिर हुने क्रम बढिरहेको बताउँदै यसको असर प्राकृतिक विपद्‌मा मात्र सीमित नभइ, स्थानीयको जीवनशैली र संस्कृतिमा समेत देखिन थालेको बताए ।

वातावरण संचारकर्मी स्मिथु तामाङसँगको छलफलमा ड्रुक्पा परम्पराका धर्मगुरु डा. सुखबीर भाटियाले भारतको हिमाञ्चल प्रदेश र लद्दाखजस्ता चिसो हिमाली क्षेत्रमा समेत गर्मीयाममा कुलर र वातानुकूलित उपकरण (एसी) प्रयोग गर्नुपर्ने अवस्था आउन थालेको अनुभव सुनाए । पहिले गर्मी छल्न यस्ता उपकरण आवश्यक नपर्ने ठाउँमा अहिले तिनको प्रयोग बढ्नु तापक्रम र वातावरणमा आएको परिवर्तनको संकेत भएको स्थानियबासी समेत रहेका उनले बताए।

‘हिमाली क्षेत्रमा पहिले गर्मीको अनुभव नै फरक थियो। अहिले हिमाञ्चल र लद्दाखजस्ता ठाउँमा पनि गर्मीयाममा कुलर र एसी प्रयोग गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘हामीले आफ्नो वरिपरिको वातावरणमा आएको परिवर्तनलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वरिष्ठ पशु तथा चरनभूमि विशेषज्ञ डा. टासी दोर्जीले हिमाललाई जीवित मानव शरीरसँग तुलना गर्दै हिउँ र हिमनदीलाई शरीरको सुरक्षात्मक आवरणका रूपमा व्याख्या गरे ।

तापक्रम वृद्धिसँगै हिउँ पग्लिने, हिमनदी पछाडि सर्ने र जमिनमुनिको पर्माफ्रस्ट (लामो समयसम्म जमेर रहने माटो तथा चट्टान) पग्लिने क्रमले हिमाली भूभाग अस्थिर बन्दै गएको उनको भनाइ थियो  । ‘हिमालको सुरक्षात्मक आवरण पग्लिँदै जाँदा भित्री संरचनासमेत कमजोर हुँदै गएको छ। यसले पहिरो, चट्टान खस्ने र अन्य विपद्को जोखिम बढाएको छ,’ उनले भने।

नेपालका विभिन्न क्षेत्रमा पछिल्ला वर्ष देखिएका बाढीपहिरोका घटनालाई हिमाली क्षेत्रको बढ्दो जोखिमसँग जोड्दै उनले यो कुनै एक ठाउँमा सीमित समस्या नभएको बताए। भारतको उत्तराखण्डस्थित चमोलीमा आएको विपद्, सिक्किमको टिस्टा नदीमा आएको बाढी तथा भुटानमा हिमताल विस्फोटका घटनाले पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखाएको उनको भनाइ थियो ।

उनका अनुसार हिमाली क्षेत्रमा बसोबास गर्ने याकपालक, पशुपालक, किसान तथा आदिवासी समुदाय जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका छन्। चरनभूमि र घाँसेमैदानमा परिवर्तन आउँदा पशुपालन, जीविकोपार्जन र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञानसमेत संकटमा परेको उनले उल्लेख गरे ।

‘हिमाल असुरक्षित र कम उत्पादनशील हुँदै जाँदा त्यहाँका समुदाय पनि जोखिममा पर्छन् । युवा रोजगारी र सुरक्षित भविष्यको खोजीमा बाहिरिने क्रम बढ्छ। यससँगै हिमाली संस्कृति, परम्परा र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञानसमेत हराउने खतरा छ,’ उनले भने ।

धर्मगुरु भाटियाले वातावरण संरक्षण बौद्ध धर्मको करुणा अभ्यासकै महत्त्वपूर्ण हिस्सा भएको बताए। उनका अनुसार करुणा मानिसप्रति मात्र नभई सम्पूर्ण जीवजन्तु र प्रकृतिप्रति हुनुपर्छ। ‘वातावरणको संरक्षण गर्नु पनि बौद्ध अभ्यास हो। प्लास्टिक नदीमा नफाल्नु, फोहोर डस्टबिनमा राख्नु, पानी र बिजुलीको बचत गर्नु तथा एउटा रूख रोप्नु पनि करुणाको अभ्यास हो,’ उनले भने ।

वातावरण संरक्षणलाई कुनै विशेष कार्यक्रम वा अभियानमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । दैनिक व्यवहारमा परिवर्तन ल्याउन सके त्यसले प्रकृति संरक्षणमा ठूलो योगदान पुर्‍याउने उनले बताए । उनले आफूले जिम्मेवारी लिएको विद्यालयको पाठ्यक्रममा समेत जलवायु परिवर्तन र वातावरण संरक्षणका विषय समावेश गरिएको जानकारी दिए। बालबालिकालाई दैनिक पाँचदेखि १० मिनेट वातावरण, पानी, सौर्य ऊर्जा र जलवायु परिवर्तनबारे जानकारी दिने अभ्यास गरिएको उनले बताए ।

छलफलमा डा. दोर्जीले हिमाली हिमनदी पग्लिने प्रक्रियामा मैदानी तथा सहरी क्षेत्रमा उत्सर्जन हुने ब्ल्याक कार्बन (कालो धुवाँका सूक्ष्म कण) को पनि महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनका अनुसार यातायात, उद्योग र इन्धनको अपूर्ण दहनबाट निस्कने ब्ल्याक कार्बन वायुमण्डलमार्फत लामो दूरीसम्म पुगेर हिमाली क्षेत्रको हिउँ र हिमनदीमा जम्छ। यसले हिउँको सेतो सतहलाई कालो बनाउँदा सूर्यको ताप बढी सोस्ने र हिउँ पग्लिने गति तीव्र बनाउने गर्छ।

ब्ल्याक कार्बनलाई वायु प्रदूषणको विषयमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो। यो हिमनदी, पानीको सुरक्षा र जलवायु परिवर्तनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले स्वच्छ ऊर्जाको प्रयोग विस्तार, यातायात तथा औद्योगिक क्षेत्रमा उत्सर्जन घटाउने प्रविधि अपनाउने र इँटा उद्योगलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्नुपर्ने उनले बताए।

नेपालमा परम्परागत इँटा भट्टाको विकल्पका रूपमा जिगज्याग प्रविधि प्रवर्द्धन गर्न इसिमोडले पछिल्लो सातदेखि १० वर्षयता नेपाल इँटा उद्योग महासंघसँग सहकार्य गर्दै आएको उनले जानकारी दिए। उक्त प्रविधिले उत्सर्जन घटाउनुका साथै इँटाको गुणस्तर र उत्पादन क्षमता सुधार गर्न सहयोग पुर्‍याउने उनको भनाइ थियो। वायु प्रदूषणले राष्ट्रिय सीमा नचिन्ने भएकाले नेपाल, भुटान र छिमेकी मुलुकबीच क्षेत्रीय सहकार्य तथा वायु गुणस्तर अनुगमन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।

डा. दोर्जीले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपाल र भुटानजस्ता हिमाली मुलुकले यसको गम्भीर असर भोग्नुपरेको बताए । नेपालको हरितगृह ग्यास उत्सर्जन विश्वको कुल उत्सर्जनको अत्यन्त न्यून हिस्सा रहेको र भुटान कार्बन नेगेटिभ मुलुक भए पनि दुवै देश जलवायु संकटको अग्रपंक्तिमा रहेको उनले उल्लेख गरे ।

हिमाली तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु नीतिमा पर्याप्त रूपमा समेटिन नसकेको उनको भनाइ थियो। ‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य त्यसको असर सहन सक्ने क्षमता सबैभन्दा कम भएका समुदायले चुकाइरहेका छन् । जलवायु उत्थानशीलता निर्माण गर्दा सबैभन्दा जोखिममा रहेका समुदायलाई नीतिको केन्द्रमा राख्नुपर्छ,’ उनले भने।

हिमाली समुदायको परम्परागत ज्ञान र स्थानीय अभ्यासलाई वैज्ञानिक अनुसन्धानसँग जोड्न आवश्यक रहेको उनले बताए। भुटानमा चरनभूमि व्यवस्थापनका लागि नियन्त्रित रूपमा झाडी तथा अनावश्यक वनस्पति हटाउने परम्परागत अभ्यासलाई वैज्ञानिक अध्ययनका आधारमा व्यवस्थित बनाइएको उदाहरण पनि उनले प्रस्तुत गरे। संरक्षण नीति बनाउँदा स्थानीय समुदायको परम्परागत ज्ञान र वैज्ञानिक प्रमाण दुवैलाई महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।

धर्मगुरु डा. भाटियाले द्रुक्पा समुदायका गुम्बा र धार्मिक संस्थाहरू हिमाली वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।  नेपाल, भारत, भुटान, लद्दाख र सिक्किमलगायत हिमाली क्षेत्रमा द्रुक्पा परम्पराको उपस्थिति रहेको उल्लेख गर्दै उनले यी समुदायले सीमावर्ती हिमाली क्षेत्रको प्रकृति संरक्षणमा जिम्मेवारी लिनुपर्ने बताए । ‘हामी हिमालसँग नजिक रहेर बस्छौं। त्यसैले मातृप्रकृतिको संरक्षण गर्नु हाम्रो ठूलो जिम्मेवारी हो,’ उनले भने।

विज्ञानले जलवायु परिवर्तनका कारण र असर बुझ्न सहयोग गर्ने तथा बौद्ध दर्शनले प्रकृतिसँगको सम्बन्ध र जिम्मेवारीबारे मार्गदर्शन गर्ने भएकाले दुवैलाई सँगसँगै अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए । करुणा, मैत्री, सहअस्तित्व र अन्तरनिर्भरतालाई दैनिक व्यवहारमा उतार्नु नै वातावरण संरक्षणको आधार भएको उनीहरूको भनाइ थियो । जलवायु परिवर्तन कुनै एउटा देश वा धर्मको मात्र विषय नभई सम्पूर्ण मानव समुदाय र पृथ्वीको साझा चुनौती भएकाले अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय तहमा सहकार्य आवश्यक रहेको उनीहरूले बताए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19m ago
भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

काठमाण्डौ । सरकारले सिफारिस गरेका भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको नियुक्ति प्रक्रिया पूरा भएको छ।...

#भारत
Compare →
Hamro Patro News
38m ago
भारत, चीन र इजरायलका नवनियुक्त राजदूतले राष्ट्रपतिसमक्ष लिए गोपनीयताको शपथ

भारत, चीन र इजरायलका नवनियुक्त राजदूतले राष्ट्रपतिसमक्ष लिए गोपनीयताको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा. निश्चलनाथ पाण...

#भारत
Compare →
Onlinekhabar
1h ago
भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

३० कात्तिक, काठमाडौं । राष्ट्रपति  रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन्  । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा …

#भारत
Compare →
Arthasansar
3h ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →
Nagarik News
7h ago
प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

#भारत
Compare →

Related Stories

Science & Climate
Build #2612