भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले सिरिज जितेकाे हाे ।
अन्तिम खेलमा पहिले ब्याटिङ गरेको भारतले ४२.१ ओभरमा २ सय ९ रन बनाउँदै सबै विकेट गुमाएको थियो। भारतका लागि अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाए । सुरुवाती ब्याटरले राम्रो प्रदर्शन गर्न नसके पनि यी दुईको इनिङ्सले भारतलाई सम्मानजनक योगफलसम्म पुर्याएको थियो।
२ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्यान्ड भारतीय बलरसामु टिक्न सकेन। न्युजिल्यान्डले ४८.१ ओभरमा १८७ रन मात्र बनाउन सक्यो। भारतका अर्शदीप सिंहले ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। मोहम्मद सिराज र अक्षर पटेलले समान २ विकेट हात पारे।