Trending
Prev Story
Next Story

आसियन देशसँगको सम्बन्ध भारतको प्राथमिकतामा : मोदी

Ekantipur •
November 16, 2026 • 04:32 AM
4
4 reads 0 reactions

पूर्व एसिया शिखर सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वसहित क्षेत्रीय तथा वैश्विक चुनौतीहरूमाथि छलफल हुने

आसियन देशसँगको सम्बन्ध भारतको प्राथमिकतामा : मोदी

पूर्व एसिया शिखर सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वसहित क्षेत्रीय तथा वैश्विक चुनौतीहरूमाथि छलफल हुने

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र आसियन (दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन) का सदस्य राष्ट्रहरूबीचको सम्बन्ध देशको भारतको 'एक्ट ईस्ट नीति'को केन्द्रबिन्दुमा रहेको बताएका छन्। उनले यस सम्बन्ध विभिन्न क्षेत्रहरूमा विस्तार हुँदै गएको समेत उल्लेख गरे।

मनिलामा आयोजना हुने २३औँ आसियन-भारत शिखर सम्मेलन र २१औँ पूर्व एसिया शिखर सम्मेलनमा भाग लिनु जानुअघि सोमबार मोदीले भने, 'शताब्दीऔँ पुराना सभ्यता र ज्ञान आदानप्रदानमा आधारित हाम्रा सम्बन्धहरू व्यापार, सञ्चार सम्पर्क (कनेक्टिभिटी), समुद्री सुरक्षा, प्रविधि र जनस्तरको सम्बन्धमा फैलँदै एक गतिशील साझेदारीमा परिणत भएका छन्।'

इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्वका लागि पूर्व एसिया शिखर सम्मेलन महत्वपूर्ण मञ्च रहेको मोदीले बताए । पूर्व एसिया शिखर सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वसहित क्षेत्रीय तथा वैश्विक चुनौतीहरूमाथि छलफल हुने उनले बताए ।

उनले भने, 'पूर्व एसिया शिखर सम्मेलनले क्षेत्रीय र वैश्विक चुनौतीहरूमाथि संवादका लागि महत्वपूर्ण मञ्च प्रदान गर्दछ। इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र सहकार्यलाई सुदृढ पार्ने विषयमा सहभागी अन्य नेताहरूसँग विचार विमर्श गर्न म उत्सुक छु।'

आफ्नो यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलिया, जापान र अमेरिकाका नेताहरूसँगै 'क्वाड नेताहरूको शिखर सम्मेलन' मा पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ। साथै, सम्मेलनको साइडलाइनमा विभिन्न द्विपक्षीय भेटवार्ताहरू पनि हुने अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

बढ्दो भूराजनीतिक गतिशीलताबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने, समुद्री सुरक्षा सहयोगलाई मजबुत बनाउने तथा क्षेत्रीय सुरक्षाका चुनौतीहरूको सामना गर्ने विषयमा मनिलामा आसियन तथा अन्य विश्व नेताहरूसँग प्रधानमन्त्री मोदीका भेटवार्ताहरू केन्द्रित हुने अधिकारीहरूले बताएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत #सम्मेलन #मोदी
Compare →
Hamro Patro News
9h ago
आसियान शिखर सम्मेलनमा सहभागी हुन मोदी मनिला जाँदै, ट्रम्प र लुला पनि सहभागी हुने सम्भावना

आसियान शिखर सम्मेलनमा सहभागी हुन मोदी मनिला जाँदै, ट्रम्प र लुला पनि सहभागी हुने सम्भावना

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने भ्रमणका लागि फिलिपिन्सको राजधानी मनिला जाने भएका छन् । उनले मनिलामा आयोजना हुने आसियान शिखर सम्मेलन र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागिता जनाउ...

#शिखर #सम्मेलन #मोदी
Compare →
Arthasansar
1h ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →
Onlinekhabar
15h ago
भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोगको अनुमति प्राप्त गर्न नेपाली पक्षले थालेका प्रयासले नयाँ मोड लिएका छन् । पूर्वी नेपाल र भुटानसँग नजिक रहेको भारतको …

#भारत
Compare →
Bizshala
2d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612