Trending
Prev Story
Next Story

दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

Ekantipur •
November 16, 2026 • 04:32 AM
4
4 reads 0 reactions

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो।

दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो।

दाङ — तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा नगद र ताससहित प्रहरीले आइतबार राति १५ जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो।

घटनास्थलबाट पक्राउ पर्नेमा तुलसीपुर–५, बसपार्क निवासी ५५ वर्षीय मोहमद अनिस कुरेसी, वडा नं. ७, नयाँबस्ती निवासी ५२ वर्षीय भिमसेन विक, वडा नं. ८, दुधेना निवासी ३२ वर्षीय सिमोन सुनार र वडा नं. ९, बेलुवा निवासी ४५ वर्षीय मानबहादुर विक रहेका छन्।

यसैगरी, मासु मार्केट निवासी ५० वर्षीय रहिस कुरेसी, बेलुवा निवासी ४० वर्षीय कमल विक र ४९ वर्षीय केशव विक पनि पक्राउ परेका छन्। त्यसैगरी, तुलसीपुर–१५, हरिपौरा निवासी २६ वर्षीय बिशाल केसी, वडा नं. १२, जसपुर निवासी ३१ वर्षीय किशोर विक र वडा नं. ७, हात्तीखौवा निवासी ४५ वर्षीय धनेश्वर विक पक्राउ परेका छन्।

यस्तै, बेलुवा निवासी ६३ वर्षीय कुलबहादुर डाँगी र ३३ वर्षीय साहिद राईनी तथा घोराही उपमहानगरपालिका–८, ढिकपुर निवासी ४५ वर्षीय कान्तप्रसाद गिरी पक्राउ परेका छन्। यसैगरी, सल्यानको शारदा नगरपालिका–८, रानिकोट निवासी ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९, जहितेपानी निवासी ४२ वर्षीय वीरबहादुर बिष्ट पनि पक्राउ परेका छन्।

पक्राउ परेका सबैलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले …

#तुलसीपुर #खेलिरहे #दाङ
Compare →
Hamro Patro News
5d ago
जुवा खेल्ने २२ जना पक्राउ

जुवा खेल्ने २२ जना पक्राउ

झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्य...

#जुवा #खेलिरहे
Compare →
Nagarik News
1w ago
बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ

बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ

काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#जुवा #खाल
Compare →
Arthasansar
6d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवा
Compare →

Related Stories

National (Nepal)
Build #2612