दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले उक्त घरबाट नौ जनालाई पक्राउ गरेको हो । सो क्रममा चार लाख आठ हजार १२० रुपियाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source ( gorkhapatraonline.com )