Trending
Prev Story
Next Story

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

Onlinekhabar •
November 15, 2026 • 03:31 PM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोगको अनुमति प्राप्त गर्न नेपाली पक्षले थालेका प्रयासले नयाँ मोड लिएका छन् । पूर्वी नेपाल र भुटानसँग नजिक रहेको भारतको …

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोगको अनुमति प्राप्त गर्न नेपाली पक्षले थालेका प्रयासले नयाँ मोड लिएका छन् ।

पूर्वी नेपाल र भुटानसँग नजिक रहेको भारतको बागडोग्रा विमानस्थलबाट उड्ने र ओर्लने अन्तर्राष्ट्रिय उडानका लागि पूर्वी भागको आकाश प्रयोग गर्न नेपाली पक्षले सहमति दिने तयारी गरेको छ ।

दुई दिनअघि नयाँ दिल्लीमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल सहितको सरकारी टिमले यसको गृहकार्य गरेको हो ।

उच्च सरकारी स्रोतका अनुसार, भारतीय पक्षसँग नेपाली टोलीले भैरहवा एयररुटका लागि यसअघिदेखि नै माग गर्दै आएकामा कूटनीतिक संवाद क्रममा बागडोग्रा र रक्सौलका उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने भारतीय प्रस्ताव थियो ।

त्यसमा नेपाली पक्षले हाललाई बागडोग्राका लागि सहमत हुन सकिने संकेत गरेको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल भारत गएपछि यसबारे थप कुरा हुन सक्ने सम्भावना छ । प्रधानमन्त्री बालेन शाहको एक सातापछि हुने भनिएको नयाँ दिल्ली भ्रमणमा यसबारे सहमति हुन सक्ने छ ।

‘रक्सौलबारे चाहिँ हामीले केही समय अध्ययनका लागि लाग्न सक्ने जवाफ दिएका छौं,’ सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाललाई बागडोग्राका लागि हामी ओपन भयौं भनेर मान्दा हुन्छ ।’

भारतीय पक्षले आग्रह गरे बमोजिम जनकपुर र भैरहवाको आन्तरिक उडानका लागि बुद्ध एयरसँग आज आइतबार पर्यटन मन्त्रालयले कुरा गरेको छ । भारतीय पर्यटकलाई नेपाली बजारमा ल्याउनका लागि बुद्ध एयरले भूमिका खेल्न सक्ने जवाफ पाएको सूचना अनलाइनखबरलाई प्राप्त छ ।

पोखरा विमानस्थलका लागि भने हालसम्म स्पष्ट जवाफ भारतीय पक्षले दिएको छैन । तर भैरहवा पोखरा फास्टट्र्याक निर्माण र मुक्तिनाथसम्मको सहज यात्राका लागि आवश्यक निर्णयहरू हुन सक्नेछन् ।

प्याकेजमा सहमति खोज्दा नेपाली आकाश प्रयोग गर्न दिन सकिने कुरा भएको एक उच्च तहका अधिकारीले भने ।

‘एसिया प्रशान्त क्षेत्रका लागि उड्ने केही जहाजहरू बागडोग्रा हुँदै आउने र तिनको संख्या पनि धेरै नभएकाले यो अनुमति दिन करिब सम्भव देखिन्छ,’ सरकारी स्रोतले भन्यो, ‘तर नेपाली हिमालको छेउबाट धेरै उडान नगराउनका लागि भारतको समेत हामीलाई साथ चाहिन्छ । त्यसैले भैरहवा एयररुटका लागि हाम्रो जोड हो ।’

महेन्द्रनगर हुँदै यसअघि ३९ हजार फिटमाथिबाट जहाज आउनुपर्ने भनिए पनि व्यावहारिक हिसाबले टर्किस र पाकिस्तानी एयरलाइन्सहरुबाहेक अरु २९ हजारदेखि ३५ हजार फिटसम्म मात्रै उडिरहेको नेपाली पक्षले बताएको छ । त्यसलाई देखाउँदै भारतीय पक्षले सुरक्षा कारण दिने गरेको छ । प्रधानमन्त्री बालेनको भ्रमणमा एयररुटको समस्या स्थायी रुपमा समाधानको प्रयास गरिने सरकारी पक्षले बताएको छ ।

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व दिइएको पाइन्छ।

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
7h ago
भारतले दियो रेल सेवा सञ्चालनको स्वीकृति, धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा

भारतले दियो रेल सेवा सञ्चालनको स्वीकृति, धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा

काठमाडौँ - नेपालका प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणपूर्व भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको ...

#बालेन-शाह #भारत
Compare →
Ekantipur
7h ago
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले औंल्याए: प्रधानमन्त्री शाहले भारत भ्रमणमा उठाउनैपर्ने ५ विषय

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले औंल्याए: प्रधानमन्त्री शाहले भारत भ्रमणमा उठाउनैपर्ने ५ विषय

मंसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवाद, व्यापार घाटा, हवाईमार्ग, जलस्रोत र हिमालय संकटजस्ता विषय दृढतापूर्वक उठाउनुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

#भारत
Compare →
Bizshala
2d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612