Trending
Prev Story
Next Story

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

Nagarik News •
November 15, 2026 • 11:39 AM
3
3 reads 0 reactions

तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि भारतले आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ।

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि भारतले आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ। यस जितसँगै भारतले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

दुई सय १० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले महत्वपूर्ण समयमा विकेट गुमायो। टोली १८७ रनमा समेटियो र सात वर्षयता पहिलो पटक घरेलु मैदानमा एकदिवसीय शृङ्खला हार्न पुग्यो।

माउन्ट माउन्गानुईको बलरहरूलाई सहयोग पुग्ने वातावरणमा भारतीय तीव्र गतिका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। यसमा अर्शदीप सिंहको भूमिका मुख्य रह्यो। उनले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। कम स्कोर बनेको यस शृङ्खलामा उनले कुल आठ विकेट हात पारे।

२७ वर्षीय अर्शदीपले चौथो खेलमा शतक प्रहार गरेका विल योङ (२२ रन) र निक केली (२४ रन) लाई सस्तैमा आउट गर्दै घरेलु टोलीलाई दबाबमा पारे।

त्यसपछि उनले अलराउन्डर क्रिस्टियन क्लार्क (१६ रन) लाई पनि पेभेलियन फर्काए। न्युजिल्यान्डले अन्तिमतिर खेल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। टोलीका लागि डिन फक्सक्रोफ्टले सर्वाधिक ३१ रन बनाए।

यसअघि भारतीय टोली ४२.१ ओभरमा २०९ रन बनाएर अलआउट भएको थियो। रोहित शर्मा र विराट कोहली जस्ता दिग्गज खेलाडीहरू सस्तैमा आउट भएपछि भारत ३४–३ को कमजोर स्थितिमा पुगेको थियो।

तर, अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले। पूरा शृङ्खलाभरि नै ब्याट्सम्यानहरू रन बनाउन सङ्घर्षरत देखिए।

न्युजिल्यान्डका बलरहरू ज्याकब डफी र मिचेल सान्टनरले समान तीन–तीन विकेट लिए।

वर्षाले प्रभावित दुई खेल जितेर भारत २–० ले अघि थियो, जबकि तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई ८९ रनमै समेट्दै २४४ रनको विशाल जित निकालेको थियो।

आइतबारको खेलमा न्युजिल्यान्डले केही कमजोर टोली मैदानमा उतारेको थियो। बिहीबार वेलिङ्टनमा सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाको तयारीका लागि न्युजिल्यान्डका धेरै प्रमुख खेलाडीहरूलाई विश्राम दिइएको थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १७:२४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

काठमाडौँ । तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ । यस जितसँगै भ...

#भारत #एकदिवसीय #शृङ्खला
Compare →
Ekantipur
3h ago
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले औंल्याए: प्रधानमन्त्री शाहले भारत भ्रमणमा उठाउनैपर्ने ५ विषय

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले औंल्याए: प्रधानमन्त्री शाहले भारत भ्रमणमा उठाउनैपर्ने ५ विषय

मंसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवाद, व्यापार घाटा, हवाईमार्ग, जलस्रोत र हिमालय संकटजस्ता विषय दृढतापूर्वक उठाउनुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

#भारत
Compare →
Onlinekhabar
21h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#भारत
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612