Trending
Prev Story
Next Story

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

Onlinekhabar •
November 14, 2026 • 03:31 PM
2
2 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ ।

भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै यात्रा गर्नेछ ।

यसक्रममा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा व्यावसायिक रूपमा यात्रु चढाउने र ओराल्ने व्यवस्था हुनेछ ।

रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनले दुवै देशका धार्मिक पर्यटक तथा अन्य यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले दुई देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
छठ मनाउन जनकपुर पुगे रवि लामिछाने, भने- ‘पावन बेलामा यहाँ आउन पाउँदा खुशी छु’

छठ मनाउन जनकपुर पुगे रवि लामिछाने, भने- ‘पावन बेलामा यहाँ आउन पाउँदा खुशी छु’

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम आइपुगेका छन् । विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछा...

#जनकपुरधाम #जनकपुर
Compare →
Nagarik News
12h ago
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#जनकपुरधाम #जनकपुर
Compare →

Related Stories

Technology
Build #2612