Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने

Ekantipur •
November 15, 2026 • 05:32 PM
3
3 reads 0 reactions

नेपालतर्फ २८ किलोमिटर रेल गुड्ने खण्डमा अनुदानमा विद्युतीकरण गरिदिन भारतसाग प्रस्ताव राखिादै, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ७ मंसिरमा रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने

नेपालतर्फ २८ किलोमिटर रेल गुड्ने खण्डमा अनुदानमा विद्युतीकरण गरिदिन भारतसाग प्रस्ताव राखिादै, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ७ मंसिरमा रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका बेला भारतको अयोध्याबाट सिधै जनकपुरसम्म चल्ने गरी रेल सेवाको उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री शाह ६ मंसिरमा भारत भ्रमणमा जाँदै छन् । भ्रमणको भोलिपल्ट ७ मंसिरमा जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले बताएको छ । जनकपुर–अयोध्या धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान भएकाले रेल चलाउने गरी तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालको भनाइ छ । ‘रामको जन्मभूमि भारतको अयोध्या हो, यहाँबाट जनकपुरसम्म रेलमार्गले जोड्ने विषय लामो समयदेखि चलिरहेको थियो,’ ढकालले भने ।

जनकपुरदेखि अयोध्यासम्म ६ सय ४ किलोमिटर दूरी पर्छ । यही दूरीमा रेल चल्नेछ । तर यसमा २८ किलोमिटर मात्र नेपालतर्फ पर्छ । तत्काललाई यात्रुवाहक रेल सञ्चालनमा ल्याउन लागिएको हो । १८ डिब्बावाला रेल चलाउने गरी तयारी भएको ढकालले जनाए । ‘पहिलो चरणमा सातामा एक दिन मात्र चल्नेछ । अयोध्याबाट अघिल्लो दिन आएको रेल जनकपुरबाट भोलिपल्ट मात्र छुट्छ,’ पूर्वाधार विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने ।

नेपाल सरकारको आफ्नै रेल छैन, तसर्थ भारतले आफ्नो रेल सञ्चालन गर्ने भएको हो । सुरुमा एउटा मात्र रेल चले पनि पछि यात्रुको चाप र मागअनुसार बढाउँदै लैजान सकिने ती कर्मचारीको भनाइ छ । रेलका सबै संरचना भारत सरकारले पहिल्यै अनुदानमा बनाइदिएको हो । ‘अहिलेलाई रेल भारत सरकारकै व्यवस्थापनमा सञ्चालन हुनेछ,’ ती कर्मचारीले भने, ‘जयनगरबाट यता नेपालतर्फको संरचना प्रयोग गरेबापत लाग्ने खर्च सञ्चालन गर्ने निकायले नै बेहोर्नेछ ।’

जयनगरसम्म ‘इलेक्ट्रिक’ रेल चल्दै आएको छ । त्यहाँबाट नेपालतर्फ भने डिजेलबाट चल्ने रेल गुड्नेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणका बेला नेपालतर्फ ‘इलेक्ट्रिक’ रेल चल्न मिल्ने संरचना अनुदानमा बनाइदिन प्रस्ताव गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘जयनगरसम्म इलेक्ट्रिक रेल आउँछ, त्यहाँबाट नेपालतर्फको भौतिक संरचना विद्युतीकरण भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो ।

जनकपुर–अयोध्या रेल चल्नु राम्रो कुरा भएको रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार बिसुराल बताउँछन् । ‘अयोध्या–जनकपुर धार्मिक रुट हो,’ उनले भने, ‘हाम्रो सांस्कृतिक सम्बन्ध पहिलेदेखि नै भएकाले अहिले रेल चल्ने विषयले यसलाई अझ बलियो बनाउँछ ।’ नेपालीहरू पनि अयोध्या गइरहने र भारतबाट पनि धार्मिक तीर्थालु जनकपुर आइरहने भएकाले रेल चलेपछि यात्रा छिटो र सहज हुने उनको भनाइ छ ।

सर्वसाधारण आफ्नै किसिमले अयोध्या आउजाउ गर्दै आएका छन् । तर अब रेल सेवा सञ्चालन हुने भएपछि यसले उनीहरूलाई थप सहज बनाउने सरोकारवाला बताउँछन् । ‘अहिले सीमित समय तोकेर चलाउने तयारी गरिए पनि पछि नियमित रूपमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने बिसुरालले जनाए । ‘अब भारतका अन्य सहरहरूसँग नेपाललाई जोड्दै लैजानुपर्छ । रेलवे नेटवर्क अहिले बर्दिबाससम्म बन्दै छ । पछिसम्मको योजना काठमाडौंसम्मै जोड्नेछ । त्यसलाई पनि सघाउने गरी दुवै देशका सरकारले काम गर्नुपर्छ ।’

अहिले जयनगर–जनकपुर–बिजलपुरासम्मको ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालनमा छ । तर जयनगरदेखि बर्दिबाससम्मको रेलमार्गको कुल दूरी भने ६९ किलोमिटर छ । बाँकी १७ किलोमिटर खण्ड निर्माणाधीन अवस्थामा छ । अहिले उक्त खण्डमा रेल सञ्चालनमा छ । ‘बर्दिबाससम्म अहिलेसम्म रेलमार्ग निर्माण भइसकेको छैन, बिजलपुरासम्म मात्र रेल चलेको छ,’ पूर्वाधार विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘बाँकी खण्डमा रेल चलाउने गरी मुआब्जा दिएर संरचना निर्माणको काम गरिँदै छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#रेल #भारत #अयोध्या
Compare →
Hamro Patro News
9h ago
द्रुत रेलले जोड्दै जनकपुर र अयोध्या, नयाँदिल्लीबाट मोदी र बालेनले गर्नेछन् उद्घाटन

द्रुत रेलले जोड्दै जनकपुर र अयोध्या, नयाँदिल्लीबाट मोदी र बालेनले गर्नेछन् उद्घाटन

काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच रेल सेवा सुरू हुने भएको छ । रामायण परम्परासँग जोडिएका नेपाल र भारतका यी दुई शहरबीच साप्ताहिक रूपमा द्रुत रेल सेवा सञ्चालन हुन ला...

#रेल #भारत #अयोध्या
Compare →
Nagarik News
13h ago
प्रधानमन्त्री शाहको भ्रमणअघि भारतको ‘सरप्राइज’, नयाँ रेल रुटलाई अनुमति

प्रधानमन्त्री शाहको भ्रमणअघि भारतको ‘सरप्राइज’, नयाँ रेल रुटलाई अनुमति

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ रेल रुट सञ्चालन गर्न अनुमति दिएको छ।

#रेल #भारत #भ्रमण
Compare →
Bizshala
15h ago
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ...

#रेल #अयोध्या #जनकपुर
Compare →

Related Stories

World News
Build #2612