Trending
Prev Story
Next Story

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बाबुराम भट्टराईका पाँच सुझाव

Ekantipur •
November 15, 2026 • 06:32 AM
4
4 reads 0 reactions

नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने भट्टराईको भनाइ छ ।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बाबुराम भट्टराईका पाँच सुझाव

नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने भट्टराईको भनाइ छ ।

काठमाडौँ — काठमाडौं- भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाहलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पाँच सुझाव दिएका छन् ।

कान्तिपुर सँग को अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल र भारतबीचमा समस्यालाई समष्टिगत ढंगले हल गर्ने गरी संयन्त्र गठन गर्न सकिने प्रस्ताव राख्न भनेका छन् ।

'भारतको चासो सुन्ने र हाम्रा चासो पनि बताएर समष्टिगत रूपमै समस्याको हल गरौं भनेर एउटा संयन्त्र फेरि बनाऔं, यसलाई अघि बढाऔं भन्ने विषय प्रधानमन्त्रीले राख्नैपर्छ । त्यसो नगरेसम्म शंकाले लंका खाएजस्तो हुन्छ', भट्टराईको भनाइ छ ।

नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने उनको भनाइ छ । सानो देश र छिमेकी देशको नाताले त्यस्तो सुविधा र अधिकार पाउनुपर्छ भनेर प्रधानमन्त्रीले विषय उठाउँदा राम्रै हुने भट्टराईको भनाइ छ ।

त्यस्तै, थप हवाई मार्ग पाउनुपर्ने विषय, भारतीय कम्पनीहरू तथा भारत सरकारको स्वामित्वमा रहेका कम्पनीहरूले समेत ओगटेर राखेका तर नबनेका आयोजनाहरूलाई तीव्रता दिने विषय र हिमालय महाविपत्तिको पृष्ठभूमिमा नेपाल, भारत र चीनको त्रिपक्षीय समझदारी गरेर अगाडि बढाउने विषयमा भारतसँग संवाद गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

भट्टराईसँगको विस्तृत कुराकानी पढ्नुहोस् - ‘भारतसँगको व्यापार घाटा घटाउँदा मात्रै सही अर्थमा स्वाधीन र सम्पन्न मुलुक बन्न सक्छौं’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो।

#भारत #भ्रमण
Compare →
Onlinekhabar
22h ago
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#भ्रमण #जान #लागे
Compare →
Hamro Patro News
1d ago
'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

भारतले नेपाली प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को छिट्टै हुने भनिएको दिल्ली भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका समग्र पक्षमा छलफल हुने बताइरहेका बेला कूटनीतिक मामिलाका जानकारहरूले नेपालले आफ्ना त...

#भारत #भ्रमण
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612