Trending
Prev Story
Next Story

भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई

Ekantipur •
November 15, 2026 • 06:02 AM
2
2 reads 0 reactions

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत आर्थिक सम्बन्धमा रहेको संरचनागत असमानता र व्यापार घाटा सच्याउनुपर्ने बताएका छन्। कृषि उत्पादन निर्यातमा सहजीकरण र तुलनात्मक लाभका क्षेत्रमा विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ।

भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत आर्थिक सम्बन्धमा रहेको संरचनागत असमानता र व्यापार घाटा सच्याउनुपर्ने बताएका छन्। कृषि उत्पादन निर्यातमा सहजीकरण र तुलनात्मक लाभका क्षेत्रमा विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ।

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँगको व्यापार घाटा न्यूनीकरण नगरेसम्म नेपालको अर्थतन्त्र बलियो बन्न नसक्ने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले व्यापार घाटा घटाउन विशेष सुविधा र अधिकारको विषय उठाउनुपर्ने उनको सुझाव छ।

भट्टराईका अनुसार नेपालको कुल व्यापारमध्ये ६३ प्रतिशत भारतसँग हुने गरेको छ। तर नेपालबाट भारततर्फ हुने निर्यात निकै कम रहेकाले आर्थिक सम्बन्ध असन्तुलित बनेको उनले बताए। भारतसँगको आर्थिक सम्बन्धलाई ठीक ठाउँमा नल्याएसम्म नेपालको अर्थतन्त्र र उद्योगधन्दा विकास हुन नसक्ने उनको निष्कर्ष छ।

नेपालको औद्योगिकीकरण हुन नसक्नुमा भारतसँग ऐतिहासिक रूपमा बनेको परनिर्भर सम्बन्ध पनि कारण रहेको भट्टराईले बताए। उनका अनुसार नेपालबाट कच्चा पदार्थ र मानवस्रोत बाहिरिने तथा प्रशोधित वस्तु आयात हुने प्रक्रियाले घरेलु उद्योग कमजोर बनाएको हो। अहिले श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र बनेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए।

सानो र छिमेकी देशका रूपमा नेपालले तुलनात्मक लाभका क्षेत्रलाई विशेष संरक्षण गर्न पाउनुपर्ने उनको भनाइ छ। भारतसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुँदै गएका उद्योगका लागि ‘ट्यारिफ’ र ‘गैरट्यारिफ’ उपायबाट संरक्षण आवश्यक रहेको उनले बताए।

कृषिजन्य उत्पादन निर्यातमा क्वारेन्टाइन र ‘ओरिजिन’ सम्बन्धी समस्याले अवरोध गरिरहेको उल्लेख गर्दै भट्टराईले यो विषय तत्काल समाधान गर्नुपर्ने बताए। व्यापार घाटा घटाउने र कृषि उत्पादन निर्यात सहज बनाउने विषयलाई प्रधानमन्त्रीले भारतसँग दृढतापूर्वक उठाउनुपर्ने उनको सुझाव छ।

विस्तृतमा पढ्नुहोस् : ‘भारतसँगको व्यापार घाटा घटाउँदा मात्रै सही अर्थमा स्वाधीन र सम्पन्न मुलुक बन्न सक्छौं’

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1h ago
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय...

#घाटा #रहे
Compare →
Hamro Patro News
1d ago
‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स...

#घाटा
Compare →

Related Stories

Business & Economy
Build #2612