काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । नेपालका लागि सबित्री धामीले सर्वाधिक १९ रन बनाइन् ।
उनले १८ बलमा उक्त रन बनाएकी हुन् । त्यसैगरी त्रिसना विश्वकर्माले २५ बलमा १८ रन जोडिन् । रचना चौधरीले २३ बलमा ९ रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा भारत ‘ए’ की मैत्री मनियारले उत्कृष्ट बलिङ गरिन् । उनले ३ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )