Trending
Prev Story
Next Story

जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

Bizshala •
November 16, 2026 • 08:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको कुल खुद नाफामा गिरावट आएको छ। सञ्चालनमा...

जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको कुल खुद नाफामा गिरावट आएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा कुल १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ११.३४ प्रतिशतले कम हो। गत वर्षको असोजसम्म जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

कम्पनीगत रूपमा हेर्दा सन नेपाल लाइफ इन्स्योरेन्स नाफाका आधारमा पहिलो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा २४ करोड ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा २.३६ प्रतिशतले बढेको छ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ। तर, कम्पनीको नाफा गत वर्षको तुलनामा ११.३९ प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीले २५ करोड ८५ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो।

समग्रमा जीवन बीमा कम्पनीहरूको कुल खुद नाफामा गिरावट देखिँदा अधिकांश कम्पनीको नाफा घटेको छ। यद्यपि, सन नेपाल लाइफले सबैभन्दा बढी नाफा कमाएको छ भने प्रभु महालक्ष्मी लाइफले नाफा वृद्धिमा अग्रता कायम गरेको छ।

जीवन बीमा कम्पनीहरुको खुद नाफामा संकुचन देखिएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि अधिकांशको घटेको छ ।

एशियन लाइफ इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ बाहेक सबैको ईपीएस गत आर्थिक वर्षको तुलनामा घटेको छ ।

सबैभन्दा धेरै सन नेपाल लाइफको १८.५५ रुपैयाँ छ, तर कम्पनीको यस्तो सूचक गत आवको तुलनामा भने ०.४० रुपैयाँ घटेको छ । गत वर्ष कम्पनीको ईपीएस १८.९५ रुपैयाँ थियो ।

त्यस्तै, एशियन लाइफको ०.६७ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ०.०५ रुपैयाँ बढेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको...

#नाफा #बीमा
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #खुद
Compare →
Onlinekhabar
1d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#नाफा #कति
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2612