काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १५ करोड २५ लाख रुपैयाँको तुलनामा ५.७९ प्रतिशतले बढी हो ।
कम्पनीले असोज मसान्तसम्म २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यो २२.१५ प्रतिशतले बढी हो । त्यस्तै, खुद बीमाशुल्क आर्जन २१.३७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
५ अर्ब २५ करोड १२ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेर ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म यस्तो कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।