Trending
Prev Story
Next Story

एशियन लाइफको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

Arthasansar •
November 15, 2026 • 05:05 AM
4
4 reads 0 reactions

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

एशियन लाइफको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा सामान्य बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा यो कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५.७९ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानी २२.१६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै कम्पनीको कुल आम्दानी १५.३२ प्रतिशतले वृद्धि भई ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ रहेको थियो । यता कम्पनीको कुल खर्च पनि १८.४३ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अभिकर्ता कमिसन खर्च २०.४९ प्रतिशतले बढेर २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष १२.३९ प्रतिशतले वृद्धि भई ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कम्पनीको जगेडा तथा सञ्चित कोषमा पनि सुधार देखिएको छ । विपत्ति कोष ४.९१ प्रतिशतले बढेर ३४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २७.२६ प्रतिशतले वृद्धि भई ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको ११ रुपैयाँ ६२ पैसाबाट बढेर १२ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँमा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
नेपाल लाइफले कमायो ८६ करोड ७८ लाख नाफा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि

नेपाल लाइफले कमायो ८६ करोड ७८ लाख नाफा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८६ करोड ७८ लाख...

#नाफा #लाइफ #अवधिमा
Compare →
Hamro Patro News
13h ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #खुद #वृद्धि
Compare →
Ekantipur
1d ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →

Related Stories

Business & Economy
Build #2612