Trending
Prev Story
Next Story

सीईडीबी होल्डिङ्सको नाफा ९ प्रतिशतले घट्यो, ईपीएस कति ?

Bizshala •
November 16, 2026 • 08:04 AM
3
3 reads 0 reactions

काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीको सञ्चालन...

सीईडीबी होल्डिङ्सको नाफा ९ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीको सञ्चालन आम्दानीमा सामान्य गिरावट आए पनि कुल आम्दानी बढेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत एकीकृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १४ करोड ४९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ९.७५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७ करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १७ करोड ६६ लाख ९४ हजार रुपैयाँ थियो।

यद्यपि कम्पनीको अन्य आम्दानी बढेर ९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अन्य आम्दानी ५ लाख २३ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी १७ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १७ करोड ६९ लाख ४१ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा १४ करोड ९२ लाख १४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १६ करोड २३ लाख ८१ हजार रुपैयाँ थियो।

कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चित नाफा २ अर्ब ३१ करोड ४६ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको कुल सम्पत्ति ८ अर्ब ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल दायित्व ३ अर्ब २५ करोड ९१ लाख ८१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा प्रशासनिक खर्च र कर्मचारी खर्चमा भएको वृद्धिले नाफामा दबाब परेको देखिन्छ। कम्पनीको कुल इक्विटी ४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#नाफा #आम्दानी #कति
Compare →
Arthasansar
1d ago
सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा...

#नाफा #खुद #प्रतिशतले
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #खुद
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612