Trending
Prev Story
Next Story

बारा–पर्साका चार पालिकामा मंसिरभित्रै संयुक्त नगर बस चलाउने तयारी

Ekantipur •
November 20, 2026 • 08:02 AM
2
2 reads 0 reactions

वीरगन्ज, जितपुरसिमरा, कलैया र परवानीपुरले यातायात सेवा सञ्चालनका लागि एक करोड रुपैयाँको संयुक्त कोष स्थापना गर्ने निर्णय गरेका छन्।

बारा–पर्साका चार पालिकामा मंसिरभित्रै संयुक्त नगर बस चलाउने तयारी

वीरगन्ज, जितपुरसिमरा, कलैया र परवानीपुरले यातायात सेवा सञ्चालनका लागि एक करोड रुपैयाँको संयुक्त कोष स्थापना गर्ने निर्णय गरेका छन्।

पर्सा — वीरगन्जसहित बारा र पर्साका विभिन्न पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सन्चालन गर्ने तयारी तीव्र पारिएको छ।

यही मंसिरभित्र सेवा सन्चालन गर्ने लक्ष्यसहित चारवटा पालिकाले एक करोड रुपैयाँको सन्चालन कोष स्थापना गर्ने निर्णय गरेका छन्। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले मंसिरभित्रै नगर बस सेवा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन वीरगन्ज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सन्चालन कोष स्थापना गरिने भएको छ।

कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गर्नेछन्।

यसअघि गत कात्तिक १२ गते बसेको बैठकले यातायात सेवा सन्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो।

बिहीबारको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ। नगर बस सन्चालन सम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि कार्यदललाई नै दिइएको छ। कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।

वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य छन्।

वीरगन्जसहित बारा र पर्साका ६ वटा पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सन्चालन गर्ने योजना अघि बढाइएको हो। सहायक सडक र ग्रामीण बस्तीलाई मुख्य सडक सन्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज बनाउने योजनाको उद्देश्य छ।

नगर बस सन्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। निजी सवारीसाधनमा निर्भर हुनुपर्ने र एउटै गन्तव्यमा पुग्न पटकपटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता पनि कम हुने विश्वास गरिएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन्। बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्...

#पालिका
Compare →
Nagarik News
19h ago
चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

#संयुक्त
Compare →
Onlinekhabar
1d ago
जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

२ मङ्सिर, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ …

#संयुक्त
Compare →

Related Stories

World News
Build #2612