Trending
Prev Story
Next Story

दर्जन बढी स्थानमा एकादशी मेला लाग्ने भएपछि रामपुर नगरपालिकामा सार्वजनिक बिदा

Ekantipur •
November 20, 2026 • 02:02 AM
7
7 reads 0 reactions

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार हरिबोधिनी एकादशीका दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन् ।

दर्जन बढी स्थानमा एकादशी मेला लाग्ने भएपछि रामपुर नगरपालिकामा सार्वजनिक बिदा

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार हरिबोधिनी एकादशीका दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन् ।

पाल्पा — दर्जन बढी स्थानमा हरिबोधिनी एकादशी मेला लाग्ने भएपछि पाल्पाको रामपुर नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार हरिबोधिनी एकादशीका दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन् ।

रामपुर नगरपालिका भएर बग्ने कालीगण्डकी नदी क्षेत्रमा भव्य रूपमा हरिबोधिनी एकादशी मनाइने भएकाले रामपुर नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय कार्यपालिकाको बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हरिबोधिनी एकादशी रामपुर क्षेत्रमा उल्लासमय रूपमा मनाइने गर्छ । विगतका वर्षमा पनि रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएको छ । नगरप्रमुख रमणबहादुर थापाले हरिबोधिनी एकादशीलाई विशेष पर्वका रूपमा मनाउने भएकाले बिदा दिइएको बताए । नगरपालिकाको गेझादेखि स्यालीबजारसम्म नै कालीगण्डकी नदीमा स्नान गर्ने र मेला लाग्ने प्रचलन छ । मुक्तिनाथ क्षेत्र तथा दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी नदीमा स्नान र पूजाआजा गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको नगरप्रमुख थापाले बताए । रामपुरका प्रायः सबै वडाबाट श्रद्धालु भक्तजन कालीगण्डकी नदीका विभिन्न घाटमा स्नान गर्न पुग्ने प्रचलन छ ।

कालीगण्डकी नदी किनारका घाटमा हरिबोधिनी एकादशीको अवसरमा तोरण टाँग्ने, भजनकीर्तनसहित नाचगान गर्ने तथा फलफूल र स्थानीय रूपमा उत्पादित वस्तुको किनबेचका लागि निकै घुइँचो लाग्ने गर्छ । हरिबोधिनी एकादशीमा पाल्पाको रामपुर नगरपालिका क्षेत्रका आधीघाट, केलादीघाट, ज्याग्दी, पुट्टार, तातोपानी, भुजात, प्याक्लुकलगायत दर्जन बढी स्थानमा मेला लाग्ने गर्छ ।

यसबाहेक रम्भाको उत्तरबाहिनी, बगनासकालीको रामनदीधाम, तानसेनको रानीमहल र रिडी रुरुक्षेत्रलगायत स्थानमा पनि मेला लाग्छ । कालीगण्डकी नदी क्षेत्रमा नुहाउने, मेला भर्ने र स्थानीय उत्पादनको बिक्रीवितरणका लागि जाने प्रचलन छ । हरिबोधिनी एकादशीमा व्रत बस्ने, नदीमा नुहाउने, पूजा गर्ने र तोरण टाँग्दा पितृमोक्षका साथै मनले चिताएको पुग्ने विश्वासले कालीगण्डकी नदीको तटमा भक्तजनको भीड लाग्ने गर्छ । नदी किनारमा लाग्ने मेलामा सुन्तला, सुपो, डोको, माटोका भाँडा, तरुल, सखरखण्डलगायतको किनमेल हुन्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
6h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#एकादशी #हरिबोधिनी #मेला
Compare →
Hamro Patro News
7h ago
आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ- कात्तिक शुक्ल एकादशीका दिन आज औषधीको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी म...

#एकादशी #हरिबोधिनी
Compare →
Nagarik News
7h ago
कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

#एकादशी #हरिबोधिनी
Compare →
Arthasansar
2h ago
आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ ।...

#एकादशी
Compare →
Bizshala
1d ago
‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

#स्थान #लाग्ने
Compare →

Related Stories

Technology
Build #2612