Trending
Prev Story
Next Story

आज हरिबोधनी एकादशी

Arthasansar •
November 20, 2026 • 05:37 AM
3
3 reads 0 reactions

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ ।...

आज हरिबोधनी एकादशी

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।

यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आषाढ शुक्ल एकादशी (हरिशयनी)का दिनबाट चार महिनाको लागि सुतेका विष्णु भगवान् आजकै दिन अर्थात कार्तिक शुक्ल एकादशी(हरिबोधनी)का दिन योगनिद्राबाट जाग्छन् भन्ने विश्वास रहेको छ । भगवान् विष्णु योग निन्द्राबाट उठेको दिन भएकोले आजको दिनलाई देवउठनी पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेका बेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताको आधारमा चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश तथा अन्य शुभ कार्यहरू गरिँदैन । आजको दिन पछि भने माङ्गलिक कार्यको लागि शुभ मुहूर्त रहेको पाइन्छ ।

चारमहिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतीकको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

दिवङ्गत भएका पितृको नाममा आज खोलामा फूल तार्ने पनि प्रचलन रहेको छ । हातमा फूल लिएर पितृभ्य स्वधा नमः मन्त्रको उच्चारण गरी यस एकादशी व्रतको पुण्य मेरो पितृहरूलाई समर्पित गर्दछु भन्नुपर्दछ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरूलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचार विधिले पूजा गर्नुपर्छ । अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ । सम्भव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम सङ्कीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने गन्छन् । विवाहादि समस्त माङ्गलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने चलन रहेको छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबन्ध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ । त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनःप्रारम्भ हुन्छ।

पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी–माहात्म्यका अनुसार श्रीहरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत् लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जे जस्तो जप–तप, स्नान–दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन् । देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
आज हरिबोधनी एकादशी, यस्तो छ पूजा विधि

आज हरिबोधनी एकादशी, यस्तो छ पूजा विधि

काठमाडाैँ । कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी से...

#एकादशी #तुलसी #हरिबोधनी
Compare →
Nagarik News
7h ago
कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

#एकादशी #तुलसी
Compare →
Ekantipur
8h ago
तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

#एकादशी #तुलसी
Compare →
Setopati
4h ago
हरिबोधनी एकादशीमा तोरणले सजिएको पशुपति (तस्बिरहरू)

हरिबोधनी एकादशीमा तोरणले सजिएको पशुपति (तस्बिरहरू)

आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

#एकादशी #हरिबोधनी
Compare →
Onlinekhabar
6h ago
चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा

चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा

४ मंसिर, स्याङ्जा । हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिकासहित मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय र सार्वजनिक संघसंस्था बन्द रहने भएका छन् । नगरपालिकाका नगर …

#एकादशी #हरिबोधनी
Compare →

Related Stories

Business & Economy
Build #2612