नेपाल लाइफ क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका लागि १३ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा होलिडे इन एक्सप्रेस, टंगाल मार्ग, नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुर हुने छ । सभामा साधारण प्रस्तावका रुपमा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८२/८३८ प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्तावका रुपमा नियमावलीको नियम २७ (२) मा संचालक समिति गठन र नियम २७ (३) मा संचालकहरुको कार्यकाल सम्बन्धमा संशोधन प्रस्ताव पारित पारित गर्ने, कम्पनीको नियमावलीमा प्रस्तावित संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/ परिमार्जन गर्नु परेमा सोको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।