Trending
Prev Story
Next Story

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू

Onlinekhabar •
November 20, 2026 • 07:31 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण …

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ ।

त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने लगायतका निर्णयहरू भएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
55m ago
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक...

#मन्त्रिपरिषद् #यस्ता #बैठकका
Compare →
Bizshala
25m ago
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण स्वीकृत गर्नेदेखि चीन सरकारको अनुदान र...

#मन्त्रिपरिषद् #बालेन-शाह #भारत
Compare →
Nagarik News
58m ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#मन्त्रिपरिषद् #बालेन-शाह #भारत
Compare →
Hamro Patro News
1h ago
मन्त्रिपरिषद् बैठक सुरु, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने एजेन्डा

मन्त्रिपरिषद् बैठक सुरु, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने एजेन्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्...

#मन्त्रिपरिषद् #बालेन-शाह #भारत
Compare →
Ekantipur
2h ago
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

#मन्त्रिपरिषद्
Compare →

Related Stories

Politics & Governance
Build #2612