Trending
Prev Story
Next Story

मंसिर १४ गतेदेखि आशुतोष इनर्जीको आईपीओ, सेयर किन्नु अघि बुझौं कस्तो छ कम्पनी ?

Ekantipur •
November 19, 2026 • 06:02 AM
3
3 reads 0 reactions

यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ ।

मंसिर १४ गतेदेखि आशुतोष इनर्जीको आईपीओ, सेयर किन्नु अघि बुझौं कस्तो छ कम्पनी ?

यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ ।

काठमाडौँ — आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने भएको हो ।

आयोजना प्रभावितको लागि ६ लाख कित्ता सेयर प्रभावित क्षेत्रका बासिन्दाको लागि जारी गर्ने भएको हो । यो ६ लाखमध्ये ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको दुधपोखरी गाँउपालिकाको १ र २ वडामा र गोरखा जिल्लाको अजरिकोट २ र ३ वडाका बासिन्दालाई छुट्याएको छ । बाँकी ३ लाख कित्ता लमजुङ जिल्लाको दुधपोखरी र दोर्दी गाँउपालिका, गोरखा जिल्लाको अजरिकोटका अन्य वडाका बासिन्दाको लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाले मंसिर २८ सम्म सेयरमा आवेदन दिन पाउने छन् । यदी सो अवधिमा सेयर बिक्री नभएमा भने पुस १४ गतेसम्म यसको बिक्री खुला रहनेछ । स्थानीयले १० कित्ता देखि २० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।

त्यस्तै, ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूले मंसिर १७ गतेसम्म आवेदन दिनुपर्ने छ । यो समूहको लागि छुट्याइएको सेयर बिक्री नभएमा मंसिर २८ गतेसम्म बिक्री खुला हुनेछ ।

वैदेशिक रोजगारीमा रहेकाले भने १० देखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

यसले अंकित मूल्य एक सय रूपैयाँ छ । कम्तिमा १० कित्ता सेयर किन्न एक हजार रूपैयाँ चाहिन्छ । सर्वसाधारणको लागि भने पछि सेयर जारी हुने भएको छ । सबै सेयर जारी पछि चुक्ता पुँजी ६० करोड पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

यसले सेयर बिक्रीबाट उठेको रकम ऋण तिर्न र चोपे खोला क्यासकेडको निर्माणको भुक्तानीमा खर्चिने भएको छ ।

यसले एनएमबी बैंकबाट लिएको दुई करोड ६० लाख रुपैयाँ बराबरको ऋण तिर्ने भएको छ । निर्माणमा ९ करोड ४० लाख खर्चिने भएको छ ।

आशुतोष इनर्जी लिमिटेडले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यसको प्रति मेगावाट लागत १६ करोड ८१ लाख रुपैयाँ छ। यसले २०७९ असोज १६ गतेदेखि  व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ ।

यसले करिब ४३ करोड रूपैयाँ लागतमा दुई मेगावाटको चेपे खोला कास्केड आयोजना पनि निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत नै २१ करोड ७० लाख बराबर हुने देखिएको छ । लागत केही बढ्न सक्ने चुनौति देखिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ । चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको निर्माण प्रक्रिया २०८२ को मंसिर २४ देखि अगाडि बढेको बताइएको छ ।

चेपे खोला साना जलविद्युत् आयोजनाबाट २०८२-८३ मा यो आयोजनाबाट यसले उत्पादन गरेको २८ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । यसले सो अवधिमा १३ करोड रूपैयाँ नाफा कमाएको थियो ।

यसको भदौमा सम्पन्न साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो । यसले आफ्नो पहिलो आयोजना सञ्चालन आएयता निरन्तर लाभांश दिएको उल्लेख गरेको छ । यसअघि यसले १५.७८९ प्रतिशत नगद लाभांश दिएको थियो ।

यसको २०८२-८३ मा प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ ९२ पैसा छ । यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ ।  नेप्सेले नेटवर्थको आधारमा पहिलो कारोबारको लागि तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीको चोपे खोला साना जलविद्युत्को साधारण लगानी फिर्ता हुने अवधि ४.६६ वर्ष र चोपे खोला क्यासकेडको यस्तो अवधि ७.९० वर्ष छ ।

साधारण लगानी फिर्ता हुने अवधि भनेको कुनै आयोजनामा गरिएको सुरुवाती लगानी बराबरको रकम आम्दानीबाट फिर्ता हुन कति समय लाग्छ भनेर गरिने मापन हो । यसले लगानी गरेको रकम कति वर्षमा उठ्छ भन्ने देखाउँछ । यसमा समयअनुसार पैसाको मूल्यमा हुने परिवर्तन  भने लिएको हुँदैन् ।

त्यस्तै, चोपे खोला सानाबाट डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.८६ वर्ष  र चोपे खोला क्यासकेडको यस्तो अवधि १२.४७ वर्ष छ । डिस्काउण्ट लगानी फिर्ता हुने अवधि भविष्यमा प्राप्त हुने आम्दानीलाई वर्तमान मूल्यमा रूपान्तरण गरेर हिसाब गरिन्छ । अर्थात्, समय बित्दै जाँदा पैसाको मूल्य घट्ने पक्षलाई समेत ध्यानमा राखिन्छ ।

यसको संस्थापकहरूमा मोहन बिक्रमा कार्की, आशुतोष इन्भेष्टमेन्ट लगायत छ । कार्कीको ६.२० प्रतिशत र आशुतोष इन्भेष्टमेन्ट ४.४९ प्रतिशत सेयर स्वामित्व छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ । यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ …

#मंसिर #गते
Compare →
Nagarik News
20h ago
आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ।

#मंसिर #गते
Compare →
Hamro Patro News
1d ago
मंसिर ५ र ६ गते ‘नास–आइटी एक्स्पो’

मंसिर ५ र ६ गते ‘नास–आइटी एक्स्पो’

काठमाडौँ – नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास– आइटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आइटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

#मंसिर #गते
Compare →
Bizshala
1d ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#मंसिर #गते
Compare →
Arthasansar
1d ago
एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने

एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने

एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते...

#मंसिर #गते
Compare →

Related Stories

World News
Build #2612