सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ।
रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि सरकारको निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने माग अस्वीकार गरेको हो।
सर्वोच्चका प्रवक्ता डा. अशोक क्षेत्रीले मंसिर ७ गते रिट निवेदक र सरकारबीच अन्तरिम आदेशको मागमा छलफल गर्न सुनुवाइको पेसी तय भएको बताए।
योसँगै आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो अब दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने भएको छ।
आफूलाई सुनुवाइको मौका नदिई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै कार्कीले गत कात्तिक २० गते रिट निवेदन दिएका थिए।
प्रकाशित: २ मंसिर २०८३ १६:१५ बुधबार