Trending
Prev Story
Next Story

आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

Ekantipur •
November 18, 2026 • 11:02 AM
1
1 reads 0 reactions

सर्वोच्च दालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

सर्वोच्च दालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

काठमाडौं — नेपाल प्रहरीको महानिरीक्षक विवादमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्च अदालतले अर्को पेसी ७ मंसिरका लागि तोकेको छ । सर्वोच्चले सरकारका नाममा बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई ७ मंसिरमा छलफलका लागि बोलाएको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आईजीपी दानबहादुर कार्कीले उठाएकाे विषय छिटो निर्णयमा पुग्नुपर्ने भन्दै अग्राधिकार पनि दिएको छ । कार्कीले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय कार्यान्वन रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

वालेन्द्र शाह नेतृत्वको सरकारले १८ कात्तिकमा कार्कीलाई पदबाट हटाउँदै मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो । सर्वोच्चले यो विवादमा अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । यो सँगै केसीले निरन्तर रुपमा काम गर्न पाउने भएका छन् भने आईजीपीमा पुन: फर्कने कार्कीको सपना तत्कालका लागि पूरा नहुने भएको छ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
44m ago
आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ।

#आईजीपी #मंसिर #पेसी
Compare →
Onlinekhabar
43m ago
दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

२ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको …

#आदेश #मंसिर
Compare →
Hamro Patro News
2h ago
कार्कीको रिटमा सर्वोच्चमा बहस : आईजीपीमा पुनर्बहाली गर्न वकिलको माग, सरकारको निर्णय स्वेच्छाचारी भएको दाबी

कार्कीको रिटमा सर्वोच्चमा बहस : आईजीपीमा पुनर्बहाली गर्न वकिलको माग, सरकारको निर्णय स्वेच्छाचारी भएको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न कानुन व्यवसायीहरूले माग गरेका छन्। कार्कीले सरकारको निर्णयविरुद्ध सर्वो...

#आईजीपी #सर्वोच्च
Compare →
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#आईजीपी #सर्वोच्च
Compare →
Arthasansar
8m ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#आदेश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2612