Trending
Prev Story
Next Story

चितवन र काठमान्डुलाई इलिमिनेटरभन्दा माथि जाने अवसर

Ekantipur •
November 18, 2026 • 11:02 AM
2
2 reads 0 reactions

लिग चरणमा तेस्रो भएको काठमान्डुले ८ अंक जोडेको थियो भने चौथो चितवनले ७ अंकसहित प्लेअफ यात्रा तय गरेको थियो।

चितवन र काठमान्डुलाई इलिमिनेटरभन्दा माथि जाने अवसर

लिग चरणमा तेस्रो भएको काठमान्डुले ८ अंक जोडेको थियो भने चौथो चितवनले ७ अंकसहित प्लेअफ यात्रा तय गरेको थियो।

काठमाडौँ — चितवन राइनोज र काठमान्डु गोर्खाज बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका छन् । आठ फ्रेन्चाइज टोली सहभागी राउन्ड रोबिन लिगमा काठमान्डु तेस्रो र चितवन चौथो भएका थिए ।

काठमान्डुले लिग चरणमा ८ अंक जोडेको थियो भने चितवनको खातामा ७ अंक थियो । चितवन ७ अंकमात्र लिएर प्लेअफ पुग्ने पहिलो टोली हो । टोलीले ३ खेल जितेको थियो भने लुम्बिनी लायन्ससँगको खेल वर्षाले रद्द बनाएको थियो ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमान्डुले त्यसपछिका लगातार चार खेल जितेको थियो । यी सबै चार खेलमा अस्ट्रेलियाका ब्याटिङ हस्ती डेविड वार्नर टोलीसँग रहेका थिए । उनी गएपछि काठमान्डुले लिग चरणका दुवै खेल हारेको थियो । अर्थात् वार्नरबिना काठमान्डुले कुनै खेल जित्न सकेको छैन ।

काठमान्डुले लिग चरणमा चितवनलाई १० रनले पराजित गरेको थियो । रशिद खानले ३० बलमा ५२ रन बनाएपछि काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । रबि बोपाराले ३५ बलमा ५५ रन बनाए पनि जवाफमा आएको चितवनले ७ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सकेको थियो ।

काठमान्डु लगातार दोस्रो पटक प्लेअफ खेलिरहेको छ । काठमान्डुलाई उछिन्दै चितवनले दुई वर्षअघिको पहिलो सिजनमा प्लेअफ खेलेको थियो । यसअघिका दुवै अवसरमा चितवन र काठमान्डु इलिमिनेटरबाट बाहिरिएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
24m ago
काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

२ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान …

#चितवन #काठमान्डु
Compare →
Hamro Patro News
6h ago
कान्तिपुरका मालिक सिरोहियादेखि अर्बपति महतोसम्म लगानीकर्ता: काठमान्डु उपाधिको कति नजिक ?

कान्तिपुरका मालिक सिरोहियादेखि अर्बपति महतोसम्म लगानीकर्ता: काठमान्डु उपाधिको कति नजिक ?

काठमाडौं । काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को राजधानीको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु फ्रेन्चाइज प्रतियोगितामा काठमान्डुले सुरुवाती दुई...

#काठमान्डु
Compare →
Nagarik News
2d ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#चरण #चितवन
Compare →
Arthasansar
3d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#चितवन
Compare →

Related Stories

Sports
Build #2612