Trending
Prev Story
Next Story

काठमान्डु र चितवनको प्लेअफ होड

Ekantipur •
November 18, 2026 • 01:32 AM
3
3 reads 0 reactions

दुवै टोलीले यसअघि प्लेअफमा हार बेहोरेका छन्, तर यसपटक क्वालिफायर–२ हुँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।

काठमान्डु र चितवनको प्लेअफ होड

दुवै टोलीले यसअघि प्लेअफमा हार बेहोरेका छन्, तर यसपटक क्वालिफायर–२ हुँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।

काठमाडौँ — काठमान्डु गोर्खाजका कप्तान करण केसीले ठीकै भनेका हुन्, इलिमिनेटर भनेको लामो बाटो हो । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको अन्तिम खेलमा काठमान्डुले पोखरा एजेन्जर्सलाई हराएको भए क्वालिफायर–वान खेल्थ्यो । त्यो खेल गुमाएपछि काठमान्डु इलिमिनेटरमा झरेको थियो । उनै करणले भनेका थिए, ‘अब हामीलाई लामो बाटो तय गर्नु छ ।’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने इलिमिनेटर अर्थात लामो बाटोको खेलमा उत्रँदै छन्, काठमान्डुविरुद्ध चितवन राइनोज । फ्रेन्चाइज क्रिकेटमा इलिमिनेटर छिचोलेर उपाधिसम्मको यात्रा साँच्चै गाह्रो हुन्छ । बिरलै मात्र इलिमिनेटर खेल्ने टिमले उपाधि जितेका छन् । तर यहाँनिर डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई धन्यवाद दिनैपर्छ । यो टिमले पोहोर सिजन त्यो काम गरेर देखायो, जुन कमै मात्र पूरा हुने गर्छ ।

त्यसैले काठमान्डु होस् वा चितवन, दुवै टिमका लागि लुम्बिनी प्रेरणास्रोत रहनेछ । तर इलिमिनेटर भन्नेबित्तिकै दुवै टिमलाई केही डर भने हुनेछ । पहिलो सिजन चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हारेको थियो । कर्णालीले पहिले ब्याटिङ गर्दै १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेपछि चितवनले जवाफमा १ सय ५४ रनमात्र बनाउन सक्यो ।

पोहोर सिजन काठमान्डुको नियति यस्तै रह्यो, लुम्बिनीकै हातबाट । त्यस खेलमा काठमान्डु पहिले ब्याटिङ गरी १ सय ११ रनमै अलआउट भएको थियो । यस्तोमा लुम्बिनीले ६ विकेट गुमाएर विजयी रन बटुल्यो र सम्भव भयो ४ विकेटको जित । यस्तोमा दुवै टिमसँग प्लेअफमा एक–एक खेलेको अनुभव छ । त्यो हारमा गएर टुंगिएको पनि छ ।

यति भन्दाभन्दै दुवै टिमको नजर क्वालिफायर–२ मात्र होइन, उपाधिमै छ । पोखराविरुद्धको खेल गुमाएपछि कप्तान करणले भनेका थिए, ‘यसपल्ट हाम्रो नजर त उपाधिमै छ ।’ यस्तै भनाइ चितवनका कप्तान सिकन्दर राजाको पनि छ । कर्णालीविरुद्धको आफ्नो अन्तिम खेल गुमाएयता उनको भनाइको आशय थियो, ‘अबको यात्रा हाम्रा लागि राम्रो हुने विश्वास छ ।’

कर्णालीविरुद्धको खेलको नतिजाले चितवनका लागि वास्तवमै धेरै अर्थ राख्दैनथ्यो । जितेको भए बढीमा तेस्रो स्थान । त्यसैले चितवनले आफ्ना दोस्रो रोजाइका केही खेलाडीलाई मौका दिएको थियो । यसलाई सही मान्छन्, कप्तान राजा । उनको तर्क थियो, अबका खेलका लागि टिमभित्र खेलाडी–खेलाडीबीच प्रतिस्पर्धा हुनु पनि त राम्रो हो । यसले अबको खेलका लागि उपयुक्त ११ को सूची बनाउन मदत गर्छ ।

चितवन ७ अंकमै प्लेअफ पुगेको हुनाले यसलाई भाग्यमानी पनि मान्न सकिन्छ । लिग चरणका ७ खेलमा तीन जित निकालेको चितवनको एउटा खेल भने वर्षाले सम्भव भएको थिएन । टोलीको यो यात्रा आफैंमा सुमधुर भने रहेन । अर्कोतर्फ काठमान्डुको सुरुआत पनि राम्रो रहेन । टोलीले जनकपुर बोल्ट्सविरुद्धको खेल नराम्रोसँग गुमाएको थियो । त्यसपछि अस्ट्रेलियाका डेविड वार्नर आए र काठमान्डु टिम अर्कै बन्यो । त्यसक्रममा काठमान्डुले लगातार ४ खेल जितेको थियो ।

यो नै टोलीको दोस्रोपल्ट लिग चरण काट्ने आधार बन्यो । यस पृष्ठभूमिमा काठमान्डु होस् वा चितवन, प्लेअफको पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । जहाँसम्म यी दुई टिमबीच अहिलेसम्म भएको खेलको कुरा छ, उनीहरू एक आपसमा तीनपटक भिडेका छन् । त्यसमा काठमान्डु दुईपल्ट विजयी रहेको छ भने चितवन एकपल्ट ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने, काठमान्डुले चितवनसँग एलिमिनेटर खेल्ने

एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने, काठमान्डुले चितवनसँग एलिमिनेटर खेल्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै २८ खेल सकिएपछि प्लेअफको समीकरण पनि तय भएको छ । आइतबार लिग चरणको अन्तिम खेलअघि नै प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको …

#काठमान्डु #प्लेअफ #चितवन
Compare →
Nagarik News
2d ago
यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।

#प्लेअफ #क्वालिफायर
Compare →
Hamro Patro News
1d ago
यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितव...

#प्लेअफ #चितवन
Compare →
Arthasansar
3d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#प्लेअफ #चितवन
Compare →

Related Stories

Sports
Build #2612