Trending
Prev Story
Next Story

क्वालिफायर–वान र इलिमिनेटरको समीकरण पूरा

Ekantipur •
November 16, 2026 • 01:02 AM
4
4 reads 0 reactions

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्दै।

क्वालिफायर–वान र इलिमिनेटरको समीकरण पूरा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्दै।

अन्ततः लिग चरणका २८ खेलपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो चरणको प्ले–अफ समीकरण पूरा भएको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।

मंगलबार क्वालिफायर–वान हुनेछ भने बुधबार इलिमिनेटर, त्यसपछि बिहीबार क्वालिफायर–टु हुनेछ । यसमा क्वालिफायर–वानको पराजित टिम र इलिमिनेटरको विजेताले एकअर्काको सामना गर्नेछन् । त्यसको अर्थ के रह्यो भने अन्तिम चार स्थानमा रहेर विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्, यिनीहरूको यात्रा लिग चरणमै सीमित रह्यो । अब शीर्ष चारमा रहेर प्ले–अफ खेल्ने टिमतर्फ एक नजर लगाऔं ।

यसपल्ट लुम्बिनीले पहिलो पटक क्वालिफायर–वान खेल्दै छ । लिग चरणमा लुम्बिनी पाँच खेलमा विजयी रह्यो । बाँकी दुई खेलमध्ये एकको नतिजा निस्केन भने अर्कोमा पराजित रह्यो । यस्तोमा ११ अंकमा लुम्बिनी लिग तालिकाको शीर्षमा पनि रह्यो । अहिलेसम्मका तीन सिजनमा लुम्बिनी आठ टिममध्ये पहिलो स्थानमा आएको यो नै पहिलो पटक हो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण रोमाञ्चक जित निकालेको थियो र यही नतिजाले उसको क्वालिफायर–वान खेल्ने निश्चित भएको थियो । पहिलो सिजन निकै खराब खेलेको लुम्बिनीले दोस्रो सिजन जसरी उपाधि जितेको थियो, त्यो आफैं अद्वितीय रहेको छ । पहिलो सिजन यो आठ टिममध्ये एकै जितमा पुछारमा परेको थियो ।

दोस्रो सिजनमा सुरुआती चार खेलमध्ये तीनमा पराजित रहेपछि तय जस्तै देखिएको थियो, यो टिम फेरि खराब स्थितिमा रहनेछ । त्यही स्थितिबाट लुम्बिनीले अविश्वसनीय यात्रा तय गरेको थियो । इलिमिनेटरमा उसले सबैभन्दा पहिले काठमान्डुलाई चार विकेटले पराजित गरेको थियो । काठमान्डु पहिले ब्याटिङ गर्दै १ सय ११ रनमै समेटिएपछि लुम्बिनीले १७.४ ओभरमा जित आत्मसात् गरेको थियो, ६ विकेट गुमाएर ।

त्यसपछि उसले क्वालिफायर–टुमा विराटनगरलाई ४० रनले सजिलै हरायो । त्यसमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ३४ रन बनाएको थियो । जवाफमा विराटनगरले १७.५ ओभरमा ९४ रन मात्र बनाउन सक्यो । यस्तोमा लुम्बिनी प्ले–चरणमा अपराजित रहेको छ । दोस्रो सिजन उपाधिसम्मको यात्रामा लुम्बिनी लगातार ६ खेलमा विजयी रहेको थियो ।

लगातार तेस्रो सिजन प्ले–अफ खेल्ने एक्लो टिम रहेको छ, सुदूरपश्चिम । यसअघिका दुवै सिजन उपविजेता बनेको सुदूरपश्चिमले दुवै अवसरमा क्वालिफायर–वान खेलेको थियो । दुवै अवसरमा सुदूरपश्चिमले लिग चरणको समाप्तिमा अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको थियो । अनि यस्तोमा भनिरहनु पर्दैन, यो टिम ती दुवै अवसरमा विजयी रहेको छ ।

त्यसैले यो टिम प्ले–अफमा अहिलेसम्म अपराजित छ । यी दुवै खेलमा सुदूरपश्चिमको जित आफैंमा प्रभावशाली रहेको छ । पहिलो सिजन सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गरेको थियो । जितका लागि १ सय ४० रन पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट मात्र गुमाएर १ सय ४१ बनाएको थियो र यससँगै फाइनलमा प्रवेश गरेको थियो ।

दोस्रो सिजनको क्वालिफायर–वानमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराएको थियो । त्यसमा उसले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५५ रन बनाएको थियो । जवाफमा विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाउन अगाडि ७८ रन मात्र बनाउन सक्यो । यो टिमलाई लिएर एउटै दुर्भाग्य के भने उसले खेलेका दुवै फाइनलमा हारको सामना गर्नुपरेको छ ।

अनि यो टिम यसपल्ट लिग चरणको समाप्तिमा पहिलो स्थानमा पनि रहेन, दोस्रोमै चित्त बुझाउनुपर्‍यो । एक अर्थमा यसपल्ट सुदूरपश्चिमलाई लिग चरणको अन्त्यतिर भाग्यले पनि साथ दियो भन्दा हुन्छ । काठमान्डु आफ्नो अन्तिम खेलमा पराजित नभएको भए, सुदूरपश्चिमलाई इलिमिनेटर खेल्नुपर्ने थियो ।

लगातार दोस्रोपल्ट प्ले–अफ खेल्दै छ, काठमान्डु । पहिलो सिजन काठमान्डुलाई भाग्यले साथ दिएको थिएन, त्यसैले आठ अंक बटुलेर पनि यो टिम लिग चरण काट्न सफल रहेन । दोस्रो सिजन भने यो टिम तेस्रो स्थानमा रहेर प्ले–अफ खेलेको थियो । तर इलिमिनेटरमा काठमान्डु लुम्बिनीसँग चार विकेटले पराजित रह्यो । पहिले ब्याटिङ गर्दै १ सय ११ रनमै समेटिएपछि हार निश्चितजस्तै रहेको थियो ।

त्यसको अर्थ के पनि हो भने काठमान्डुले प्ले–अफमा अहिलेसम्म जित निकाल्न असफल रहेको छ । यसपल्ट भने काठमान्डु आफ्नो अन्तिम खेल अगाडि नै प्ले–अफ चरण पुगिसकेको थियो । सुरुआती पाँच खेलमध्ये पहिलो प्रतिस्पर्धा गुमाएको काठमान्डु त्यसयता लगातार विजयी रह्यो र यो नै प्ले–अफ प्रवेशको आधार रह्यो । त्यसयताका दुई खेलमा भने पराजित रह्यो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमान्डुले क्वालिफायर–वानमा प्रवेश नपाएको हो । लिग चरणका बीचका चार खेलको जितले काठमान्डुको प्ले–अफ प्रवेश निश्चितजस्तै भइसकेको थियो, तर त्यही स्थितिबाट उसको प्रदर्शन लडखडायो । यस्तोमा उसले आठ अंकभन्दा बढी कमाउन सकेन ।

चितवन धेरै अर्थमा भाग्यमानी रह्यो किनभने सात अंकमै यो टिम यसपल्ट प्ले–अफ पुग्न सफल रह्यो । आफ्नो अन्तिम खेलमा कर्णालीको हातबाट चितवन पराजित रहेको हो । तर यो खेल अगाडि नै चितवनले प्ले–अफ खेल्ने निश्चित भइसकेको थियो, त्यसैले लिग चरणको आफ्नो अन्तिम खेलमा बेहोरेको हारले उसलाई धेरै ठूलो घाटा केही पनि गरेन ।

तर हारले उसको कम्तीमा तेस्रो स्थान हात पार्ने सम्भावना भने समाप्त पारेको थियो । यस्तोमा तीन जित र एक कुनै नतिजा निस्कन नसकेको खेलबाट सात अंक बटुलेको चितवनले अब इलिमिनेटर खेल्नेछ । चितवन प्रतियोगिताको छोटो इतिहासमा प्ले–अफ चरण पुगेको भने यो दोस्रो अवसर हो । पहिलो सिजन चितवन तेस्रो स्थानमा रहेर इलिमिनेटर नै पुगेको थियो ।

त्यति बेला उसले कमाएको अंक आठ थियो । त्यस प्ले–अफ खेलमा चितवन कर्णालीको हातबाट २१ रनले पराजित रह्यो । यस्तोमा प्ले–अफको एकै खेल खेलेको चितवन जितविहीन रहेको थियो । त्यस पहिलो इलिमिनेटरमा कर्णालीले पहिले ब्याटिङ गर्दै कर्णालीले ६ विकेटमा १ सय ७५ रन बनाएको थियो । जवाफमा चितवनले ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
क्वालिफायर–वान र इलिमिनेटरको समीकरण पूरा

क्वालिफायर–वान र इलिमिनेटरको समीकरण पूरा

क्वालिफायर–वान र इलिमिनेटरको समीकरण पूरा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्दै। कार्तिक ३०, २०८३ हिमेश काठमाडौँ — अन्ततः लिग चरणका २८ खेलपछि नेपाल प्रिमिय...

#क्वालिफायर #वान #इलिमिनेटर
Compare →
Arthasansar
1d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#लुम्बिनी #क्वालिफायर
Compare →
Onlinekhabar
1d ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#लुम्बिनी #क्वालिफायर
Compare →
Nagarik News
11h ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#क्वालिफायर #समीकरण
Compare →

Related Stories

Sports
Build #2612