काठमाडौं । अन्ततः लिग चरणका २८ खेलपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो चरणको प्ले–अफ समीकरण पूरा भएको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।
मंगलबार क्वालिफायर–वान हुनेछ भने बुधबार इलिमिनेटर, त्यसपछि बिहीबार क्वालिफायर–टु हुनेछ । यसमा क्वालिफायर–वानको पराजित टिम र इलिमिनेटरको विजेताले एकअर्काको सामना गर्नेछन् । त्यसको अर्थ के रह्यो भने अन्तिम चार स्थानमा रहेर विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्, यिनीहरूको यात्रा लिग चरणमै सीमित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )