काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । हिजो सोमबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ ।
यसपटकको एनपीएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे । केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन् । ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा प्रभावशाली देखिएका टोलीले लिग चरणमा आफ्नो वर्चस्व कायम गर्दा कमजोर प्रदर्शन गर्ने टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
Read full story at source ( rajdhanidaily.com )