Trending
Prev Story
Next Story

तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

Ekantipur •
November 20, 2026 • 12:32 AM
6
6 reads 0 reactions

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

काठमाडौँ — कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज तुलसीको पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा तुलसी र भगवान् दामोदर (विष्णु) को विधिपूर्वक विवाह गरिँदै छ ।

वैदिक सनातन परम्पराअनुसार हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गर्ने चलन छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिना विष्णुभक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्छन् । भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस अवधिमा विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य गरिँदैन । वर्षायाममा खोला तथा नदीमा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भय हुने भएकाले यात्रा नगर्नु शुभ मानिने परम्परा पनि छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ । त्यसपछि विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग स्थापना गरी तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले उनको विवाह भगवान् विष्णुसँग गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए । उनका अनुसार कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय मान्यता छ ।

आदिकालदेखि पूजा गरिँदै आएको तुलसीको महिमा धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि लाभदायक मानिन्छ । तुलसीको मठ भएको घरलाई तीर्थसमान मान्ने चलन छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने र तुलसीको पूजा गरिने घरमा यमदूत प्रवेश नगर्ने धार्मिक विश्वासका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गर्छन् ।

तुलसीको पात, डाँठ र फूलको रस रुघाखोकी तथा औलोलगायत रोगको औषधिका रूपमा प्रयोग हुँदै आएको छ । तुलसीको रस शरीरमा लगाएर सुत्दा लामखुट्टेले नटोक्ने र यसको मठवरपर विषालु सर्प नआउने जनविश्वास छ । तुलसीको मठवरपरको हावाले विषालु कीटाणु नष्ट गर्ने तथा मलेरिया रोग उत्पन्न गर्ने वायुलाई समेत नष्ट गर्न सक्ने शक्ति तुलसीमा रहेको आधुनिक विज्ञानले प्रमाणित गरेको उल्लेख छ । शरद ऋतुमा तुलसीलाई सबै प्राणीका लागि महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ । धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका हुन् ।

हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यस दिन मानवका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन गरी ११ इन्द्रियलाई वशमा राख्ने प्रतीकात्मक अभ्याससमेत गरिन्छ । चार महिनासम्म उपासना गरी श्रद्धा र भक्तिपूर्वक विष्णुको पूजा गर्दा ११ वटै इन्द्रिय जागृत हुने धार्मिक मान्यता छ ।

यस दिन किसानले उखुको बोट तुलसीको मठमा गाड्ने गर्छन् । अन्न खान नहुने धार्मिक मान्यताअनुसार सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । हरिबोधिनी एकादशीको व्रतले पाप नाश भई पुण्य वृद्धि र मोक्ष प्राप्त हुने विश्वास छ । ठूलो एकादशीसमेत भनिने यस दिनको व्रत गर्दा हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुको स्मरण गर्दै गरिने स्नान, दान, जप र होमबाट पुण्य प्राप्त हुने तथा सय जन्मका पापबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायणसहित देशभरका नारायण मन्दिरमा विशेष पूजा तथा मेला लाग्छ । भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । यी स्थानमा पुग्न नसक्नेले काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल प्राप्त हुने विश्वास छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले बताए । बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव) दुवैका मूर्ति छन् । एउटै ठूलो शिलामा हरि र हरको मूर्ति रहेकाले यसलाई विश्वकै दुर्लभ शिलाका रूपमा लिइन्छ । यहाँ वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् ।

उपत्यकाका चार नारायण र बूढानीलकण्ठसहित देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । धार्मिक मान्यताअनुसार आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवन गर्न साइत हेराउनु पर्दैन । त्यसपछि भने साइत जुरेका दिन मात्र तुलसी पूजा उद्यापन अर्थात् चारमहिने तुलसी पूजाको समापन गर्न सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
कार्तिक शुक्ल एकादशी : तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशी : तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी म...

#एकादशी #विष्णु #तुलसी
Compare →
Onlinekhabar
8h ago
आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी …

#एकादशी #हरिबोधिनी #विष्णु
Compare →
Nagarik News
35m ago
हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)

हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)

आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

#एकादशी #हरिबोधिनी
Compare →
Arthasansar
3h ago
आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ ।...

#एकादशी #तुलसी
Compare →

Related Stories

Education & Youth
Build #2612