प्रधानमन्त्री वालेन्द्र शाह(वालेन)को आसन्न भारत भ्रमणलाई नेपालमा जति अभिरुचीपूर्वक हेरिएको छ, भारतमा पनि यो आसन्न भ्रमण त्यतिकै चासोको विषय बनेको छ । भारतीय अग्रज सञ्चारकर्मी तथा पत्रकारहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व दिई आफ्ना धारणा अभिव्यक्त गरेका छन् ।
यही मङ्सिर ६ गते दुई दिने भारत यात्राका लागि प्रस्थान गर्न गइरहेका प्रधानमन्त्री शाहको भ्रमणका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै भारतीय अग्रज पत्रकारहरुले भ्रमण दुबै देशका लागि उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । उनीहरुका अनुसार नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ को सम्बन्ध हो भन्दै यो सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताए । उनीहरुले नेपाली प्रधानमन्त्रीको यो भ्रमण राजनीतिकरुपमा मात्र सीमित नरही व्यवहारिकरुपमा पनि महत्वपूर्ण ठहरिन सक्नुपर्ने सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )