प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा हुने भारतको राजकीय भ्रमणलाई नेपालले केवल कूटनीतिक औपचारिकताका रूपमा हेर्नु हुँदैन। यो भ्रमण नेपालको आर्थिक भविष्य, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयलाई नयाँ ढंगले अगाडि बढाउने महत्त्वपूर्ण अवसर हो। नेपाल र भारतबिचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपमा निकट छ तर निकट सम्बन्धको वास्तविक अर्थ त्यति बेला स्थापित हुन्छ, जब त्यसबाट दुवै देशका नागरिकले समान रूपमा लाभ लिन सक्छन्।
प्रधानमन्त्री शाहको यस भ्रमणमा नेपालले उठाउनुपर्ने धेरै विषय छन्। तीमध्ये नेपालको अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग, भारतले नेपालको आकाश प्रयोग गर्न गरेको प्रस्ताव, आर्थिक सहयोग, रेलमार्ग विस्तार, ऊर्जा व्यापार र निजी क्षेत्रको सहकार्य विशेष महत्त्वका छन्। यस भ्रमणमा प्रधानमन्त्रीसँग ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र छुट्टै ५२ सदस्यीय निजी क्षेत्रको प्रतिनिधिमण्डल सहभागी हुँदै छ।
Read full story at source ( nagariknews.nagariknetwork.com )