Trending
Prev Story
Next Story

‘प्रधानमन्त्रीको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

Nagarik News •
November 20, 2026 • 10:01 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिने भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिने भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा जानकारी दिने उद्देश्यले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त मन्त्रालयका सचिव अमृतबहादुर राईले आपसी सहयोग र सहकार्यसहित विकास निर्माण एवं आर्थिक गतिविधिका विषयलाई प्राथमिकता दिइने बताए।

परराष्ट्र सचिव राईका अनुसार औपचारिक भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता सहकार्यका विविध क्षेत्रसँग सम्बन्धित समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने सचिव राईले जानकारी दिए। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने विश्वास गरिएको छ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत ‘बिजनेस फोरम’को पनि आयोजना गरिनेछ। उक्त फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकार सम्बोधनको प्रयास हुनेछ।

साथै उनीहरूलाई नेपालमा लगानीका लागि अनुरोध गरिने छ। यसैगरी, भारतीय लगानी थप  आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने सो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको ‘सेतु’ बन्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको राजकीय भ्रमणप्रति उत्साहित बनेको नेपालको निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने भएको छ।

आफ्नै खर्चमा निजी क्षेत्रका उद्यमी–व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी हुनेछ।

‘नेपाल–भारतबीच सदिऔँदेखिको मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच पारस्परिक हित र चासोका समग्र विषयमा छलफल हुनेछ’, सचिव राईले भने।

प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति  द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ। यसैगरी, सोही दिन प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित  उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई मुलुकको राजनीतिक, कूटनीतिक एवं बौद्धिक क्षेत्रले महत्वका साथ हेरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १५:४६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
21h ago
प्रधानमन्त्रीको भारत भ्रमणः इप्पानले औंल्याए ऊर्जा क्षेत्रका मुद्दा

प्रधानमन्त्रीको भारत भ्रमणः इप्पानले औंल्याए ऊर्जा क्षेत्रका मुद्दा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित भएर विभिन्न सुझाव दिएको छ। संघले बुँदाग...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको …

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
42m ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612